स्वास्थ्य-जीवनशैली गृहपृष्ठ थाहा पाइराख्नुहाेस्, यस्ता छन् यौनसम्बन्धी २५ भ्रम र तथ्यहरु ! थाहा पाइराख्नुहाेस्, यस्ता छन् यौनसम्बन्धी २५ भ्रम र तथ्यहरु !



 

 

यौनसम्बन्धी थाहा पाउनु पर्ने २५ भ्रम र तथ्य यसप्रकार छन् :

भ्रम
१. सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् ।

२. यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ ।

३. पुरुषको मात्र स्वप्नदोष हुन्छ ।

४. स्वप्नदोष यौन समस्याको संकेत हो ।

५. कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ ।

६. निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ ।

७. विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउँछ ।

८. हस्तमैथुन गर्दा लिंगको नसा भाँचिन्छ ।

९. भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ ।

१०. महिलामा भन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ ।

११. गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन् ।

१२. एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उत्तेजित हुन सक्नुपर्छ ।

१३. लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन ।

१४. मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ ।

१५. यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ ।

१६. पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ ।

१७. एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ ।

१८. महिनावारीको समयमा गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ ।

१९. पहिलो पटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन् ।

२०. दूध खुवाईरहेको समयमा सेक्स गर्दा महिला गर्भवती हुन सक्दैनन् ।

२१. सेक्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ ।

२२. स्खलन हुने बेलामा योनिबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।

२३. होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन् । तर, समलिंगी सम्बन्धका बारेमा   मात्र सपना देख्छन् ।

२४. निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो ।

२५. ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन् ।

Related image

 

तथ्यहरु

१. सेक्सका क्रममा महिलाहरु स्खलित हुँदैंनन्। सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।

२. यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन ।

३. रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।

४. स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन् ।

५. कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन । बरु यौन रोग महिलामा सर्न     सक्छ ।

६. निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन ।

७. लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका     अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

८. हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो। नसा भाँच्चिदैंन ।

९. भ्यासेक्टोमी (पुरुषका लागि) र ट्युबेक्टोमी (महिलाका लागि) गरिने अपरेशनका कारण    यौन चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।

१०. पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन। यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।

११. गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।

१२. यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।

१३. उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन। अन्य क्राइटेरिया पनि हुन्छन् ।

१४. मेनोपज (महिनावारीको अन्त्य) महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादनक्षमताको मात्र अन्त्य हो ।

१५. यौन शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द सेक्स तिर जाँदैंनन् । यसले उनीहरुमा यौन            बुझ्ने क्षमता वृद्धि गराउँछ।

१६. सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् ।

१७. कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा योनिको झिल्ली        च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या        ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो सेक्सका क्रममा रगत          आउनैपर्छ भन्ने जरुरी छैन ।

१८. महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ ।

१९. पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् ।

२०. बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन् । तर, गर्भवती भने हुन्छन् ।

२१. महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैंन ।

२२. वीर्य स्खलन भएको समयमा योनिबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन। पूर्ण रुपमा वीर्य झर्नु अगावै केही शुक्राणु झरिसकेको हुन सक्छ ।

२३. वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो ।

२४. निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो । यसबारे कुनै चिन्ता लिनुपर्दैन ।

२५. यौन सन्तुष्टिका लागि ठूलो या सानोलिंगले कुनै महत्व राख्दैंन । तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ । –एजेन्सीबाट Related image

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने