देउवाको पालो सकियो, अब म सभापती बन्छु – कोइराला



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक द्धन्द्ध र विवाद समाधान गर्न सकेको छैन ।

पछिल्लो समय जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवाविरुद्ध भेला नै गरे । विशेष महाधिवेशनको मागसमेत गर्न थालेपछि देउवा रुष्ट बनेका छन् ।

विशेष महाधिवेशनको कुरा किन उठ्यो रु देउवाको कमजोरी के हो रु कांग्रेसभित्रको विवादलगायतका विषयमा उनै डा।

शशांक कोइरालासँग गरिएको कुराकानी प्रस्तुत छ अबको क्रममास्–

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको चर्चा किन भयो रु अहिले यसको आवश्यकता हो र रु
महासमिति बैठकमा पटक पटक अरक्षण सुविधा नदिने कुरा उठेको थियो । अर्को कुरा केन्द्रिय सदस्य तलबाटै निर्वाचित भएर आउनुपर्ने धारणा आएको थियो ।

यो विषलाई महासमितिले पारित नगरी सभापतिलाई जिम्मा दिनुभयो । तर सभापति शेरबहादुर देउवाले महासमितिको भावनाविपरित निर्णय गर्नुभयो ।

यही दुईवटा मुद्धाका कारण जिल्ला सभापतिहरुको भेला भएको हो ।

तर सभापति देउवाले त जे सुकै गर म चुनौति समाना गर्न तयार छु भनेर अडान लिनुभएको छ नि रु
हो, उहाँले फेस गर्छु भन्नुभएको छ । तर विशेष महाधिवेशनभन्दा पनि मूल विषयलाई सभापतिले गम्भीर भएर सम्बोधन गर्नुपर्छ । अन्यथा राम्रो नतिजा आउँदैन ।

जिल्ला सभापतिहरुले भनेजस्तो केन्द्रिय समितिले गरेको महासमिति सदस्यहरुको भावनाविपरितको निर्णय उल्टिएन भने के हुन्छ रु
मेरो धारणा भनेको सभापति देउवालाई जिल्ला सभापतिहरुले भने जस्तै केन्द्रिय समितिको निर्णय उल्ट्याउनुपर्छ । अर्को कुरा भनेको समयमा नै अधिवेशन हुनुपर्छ । अधिवेशन समयमा भएन भने आगामी निर्वाचन प्रभावित हुन्छ । चुनावलाई लक्षित गरेर हामी एकतावद्ध हुनु जरुरी छ । तर पहिलो शर्तमा भनेजस्तो केन्द्रिय समितिको बहुमतले गरेको निर्णय उल्टिएन भने विशेष महाधिवेशनमा नै जानुपर्छ । अर्को विकल्प छैन ।

विशेष अधिवेशनले कांग्रेसलाई फाइदा हुन्छ रु
विशेष अधिवेशन भनेको त कांग्रेसका लागि खतरा हो । विशेष महाधिवेशन भयो भने कांग्रेस फुट्छ र समाप्त भएर जान्छ । त्यसैले कांग्रेसलाई बचाउनका लागि सभापति देउवाले केन्द्रिय समितिको निर्णय उल्ट्याउनुपर्छ ।

अबको महाधिवेशनमा देउवालाई सभापति बन्न नदिने तपाईहरुको अभियान हो रु
त्यसरी नभनौँ । तर नेता कार्यकर्ताहरुले परिवर्तन खोजेका छन् । नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने धारणा मेरो पनि हो । अब पुरानो नेतृत्वलाई स्वीकार्दैनन् भन्ने लागेको छ ।

अब तपाईहरुको गुटबाट सभापति बन्ने सम्भावना कति छ रु
हाम्रो पक्षका साथीहरुलाई एक ठाउँमा उभ्याउनुपर्छ । हामीमध्ये नै नेतृत्वका लागि २–३ जना उठ्यौँ भने त देउवालाई नै फाइदा हुन्छ । त्यसैले हामीबीचमा एकताको खाँचो छ ।

सभापतिका लागि तपाई आफैँ पनि अघि सर्ने तयारीमा हो रु
तपाईले मलाई अप्ठ्यारो प्रश्न गरिदिनुभयो । मेरो उम्मेदवारी त जब हुन्छ तब पार्टीलाई एकतावद्ध गराउन सक्छु । मैले पहिला पनि भने, हाम्रो पक्षबाट एक जना नै उम्मेदवार हुने हो । अर्कोतिर देउवाजीले आफै छोडिदिए हुन्थ्यो भन्ने मेरो चाहना हो । त्यसो भएन भने देउवा र हामीबीचबाट एक जना उम्मेदवार हुन्छन् । आवश्यकता पर्यो भने म आफैँ पनि अघि सर्छु ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...