पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुग्यो, घाइते चाैधरीको पनि मृत्यु



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गाडीको ठक्करबाट घाइते भएका भएका  इटहरी उपमहानगरपालिका– ९ का प्रकाश चौधरीको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो

। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार गत बुधबार पनि सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्किएको गाडीले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...