विप्लवका जिल्ला सचिवको घर खानतलासी गर्दा भेटियो पेस्तोल, गोली र बम बनाउने सामान



हाम्रो इकोनोमि

 

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बझाङका सचिव भरत मल्लाको घरबाट सुरक्षाकर्मीले कटुवा पेस्तोल, दुई राउण्ड गोली र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको छ ।

तीन दिनअघि बझाङको बित्थडचिर गाउँपालिकाको बित्थड चेक पोष्टबाट पक्राउ परेका मल्लको घरमा प्रहरीले खोजतलास गर्दा उक्त सामग्री फेला परेको हो ।

आइतबार प्रहरीले खानतलासी गर्ने क्रममा मल्लको घर केदारस्यूँ गाउँपालिका सैन्सुबाट उक्त समान बरामद गरेको बताएको छ ।

सरकारले नेकपा बिप्लव समूहमाथि कडा निगरानी राखेसँगै जिल्ला सचिव मल्ललाई धनगढीबाट घर आउने क्रममा बित्थड चिरगाउँपालिकाको सीमा प्रहरी चौकीले समातेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा मल्लको घरमा खान तलासी गर्दा फोल्डिङ्ग बाला कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेस जस्तो देखिने कालो पदार्थ, बिद्युतीय तार १५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप (सकेट) बरामद गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताएका छन् ।

मल्लमाथि थप अनुसन्धान भइरहेकाले अन्य कुराको पनि जानकारी हुन सक्ने डिएस्पीको भनाइ छ ।

केहि महिना यता बझाङ जिल्लामा विप्लव समुहको गतिविधि बढ्दै गएको छ ।

नेकपा विप्लव समुहले कानुन विपरित काम गरेकाले उनीहरुलाई प्रकाउ गर्ने अवस्था रहेको पनि डिएसपी केसीले बताए ।

मल्ल अहिले प्रहरी हिरासतमै छन् । उनले जिल्लामा विप्लवहरुलाई बढी परिचालन गरेको चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, कर्मचारी धम्क्याउने र आतंक मच्चाउने गतिविधि गरेको हुँदा पक्राउ गरेको पनि डीएस्पी केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...