विवाहमा गएका युवकको शरिर दुई टुक्रा



हाम्रो इकोनोमि

 

कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ ।

चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो ।

उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए ।

बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए ।

बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

‘विवाहमा डिजेमा नाचिरहेका बेला डिस्कर्स परेको रहेछ, ‘उनले भने, ‘युवतीसहित मिलेर हत्या गरेको आंशका गरेका छौँ ।’

कसको विवाह थियो वा कुनै पार्टी थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बडायकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...