गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा, छिट्टै संचालनमा आउँने !



हाम्रो इकोनोमि

 

नेपाल पर्यटनका क्षेत्रमा पछिल्लो समय राम्रो व्यापार गरिरहेको छ ।

नेपालका विभिन्न क्षेत्रहरुमा विदेशी र स्वदेशी पर्यटकहरुको ठुलो आर्कषण रहेको छ ।

धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण नेपालमा पर्यटन व्यवसाय फस्टाउन खोजिरहेको छ ।

यस्तै यो बिचमा अहिले नेपालमा अहिले एउटा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमात्रै रहेको छ ।

एउटा मात्रै विमानस्थल भएका हुनाले पर्यटकहरुलाई अहिले केही असहज भएको ब्याख्या हुने गर्दछ ।

सरकार यही कुरालाई मध्यनजर गर्दै नेपालमा थप अरु केही विमानस्थलमा जुटेको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ ।

सामान्य अवस्था रहेमा २० दिनमा सबै धावनमार्ग कालोपत्रे भइसक्ने आयोजनाले जनाएको छ ।

यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको जनाइएको छ ।

धावनमार्ग तीन किलोमिटर लम्बाइको छ ।

अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुने जनाइएको छ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनु भएको छ ।

उहाँले भन्नुभयो, ‘कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ ।’

यही गतिमा निर्माण हुने हो भने छिट्टै नै सञ्चालनमा आउँने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...