अब वर्षमा २२० दिन अनिवार्य पढाउनुपर्ने सरकारी घोषणा !



हाम्रो इकोनोमि

 

नयाँ वर्षको सुरुवातसँगै सरकारले नेपालको शिक्षा क्षेत्रमा ठुलो सुधारको अपेक्षा राखेको छ ।

प्रदेश २ सरकारले सामुदायिक विद्यालयमा न्यूनतम २ सय २० दिन पठनपाठन गर्न सुनिश्चितताका लागि स्थानीय तहलाई पत्राचार गरेको छ ।

विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले प्रदेश २ का सबै स्थानीय तहलाई पत्राचार गरेको हो  ।

प्रदेश सरकारले स्थानीय बिदा पाँच दिनभन्दा बढी नराख्ने गरी शैक्षिक क्यालेन्डर तयार गरी प्रकाशन गर्न निर्देशनालयलाई आग्रह गरेको छ ।

गतवर्ष केही स्थानीय तह अधिकांशले शैक्षिक क्यालेन्डर प्रकाशन नगरेको पनि जनाइएको छ ।

प्रदेशभर एउटै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय खुल्ने, पठनपाठन हुन्, बन्द हुने समय एकरुपता ल्याउनुपर्ने निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए ।

शैक्षिक क्यालेन्डर निर्माण गर्दा विद्यालय खुल्ने, पढाइ हुने दिन, वर्षे, हिउँदे बिदा र स्थानीय विदा, अभिभावक भेला, छात्रवृत्ति वितरण, सामाजिक परीक्षण हुने दिन र विशेष शैक्षिक कार्यक्रम हुने दिन समेत खुलाउनुपर्ने बताउनुभयो ।

यसवर्ष सामाजिक विकास मन्त्रालयले शैक्षिक सत्र २०७६ सुरु भएपछि बैशाख महिनाभित्र विद्यालय उमेरका सवै वालवालिकालाई विद्यालय भर्ना गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...