अब वर्षमा २२० दिन अनिवार्य पढाउनुपर्ने सरकारी घोषणा !



हाम्रो इकोनोमि

 

नयाँ वर्षको सुरुवातसँगै सरकारले नेपालको शिक्षा क्षेत्रमा ठुलो सुधारको अपेक्षा राखेको छ ।

प्रदेश २ सरकारले सामुदायिक विद्यालयमा न्यूनतम २ सय २० दिन पठनपाठन गर्न सुनिश्चितताका लागि स्थानीय तहलाई पत्राचार गरेको छ ।

विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले प्रदेश २ का सबै स्थानीय तहलाई पत्राचार गरेको हो  ।

प्रदेश सरकारले स्थानीय बिदा पाँच दिनभन्दा बढी नराख्ने गरी शैक्षिक क्यालेन्डर तयार गरी प्रकाशन गर्न निर्देशनालयलाई आग्रह गरेको छ ।

गतवर्ष केही स्थानीय तह अधिकांशले शैक्षिक क्यालेन्डर प्रकाशन नगरेको पनि जनाइएको छ ।

प्रदेशभर एउटै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय खुल्ने, पठनपाठन हुन्, बन्द हुने समय एकरुपता ल्याउनुपर्ने निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए ।

शैक्षिक क्यालेन्डर निर्माण गर्दा विद्यालय खुल्ने, पढाइ हुने दिन, वर्षे, हिउँदे बिदा र स्थानीय विदा, अभिभावक भेला, छात्रवृत्ति वितरण, सामाजिक परीक्षण हुने दिन र विशेष शैक्षिक कार्यक्रम हुने दिन समेत खुलाउनुपर्ने बताउनुभयो ।

यसवर्ष सामाजिक विकास मन्त्रालयले शैक्षिक सत्र २०७६ सुरु भएपछि बैशाख महिनाभित्र विद्यालय उमेरका सवै वालवालिकालाई विद्यालय भर्ना गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...