यी अभिनेत्री भन्छिन: आलियाका आमा-छोरीलाई भारतबाहिर फाल्नुपर्छ



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री पछिल्लो समय सिनेमामा देखिएकी छैनन् तर उनले दिएको पछिल्लो बयानले भने चर्चा बटुलिरहेको छ।

हाल उनको एक भिडियो भारतमा भाइरल भइरहेको छ।

सो भिडियोमा उनले वरिष्ठ अभिनेत्री एवम आलिया भट्टकी आमा सोनी राजदानमाथि केन्द्रित गरेकी छन्।

भिडियोमा पायलले भारतीय नागरिक नरहेको मान्छेले कुन नाताले भारतीय जनतालाई भोट हाल्न आग्रह गरेको भनेर प्रश्न उठाएकी छन्।

उनले यस्ता मानिसलाई देशबाहिर फाल्नुपर्नेसमेत बताएकी छिन्।

उनले त्योसँगै ‘मान्छे बुढो हुँदै गएपछि बहुलाउँछन् भन्थे हो रहेछ’, भनेकी छिन्।

उनले देशमा एमसिआर लागु भए आलियाका आमा-छोरीनै देशबाट बाहिर हुने बताइन्।

पायलले सोनीको ट्वीट पोस्टपछि प्रतिक्रिया जनाउँदै यस्तो बताएकी हुन्।

सोनीले यसपटकको भारतीय चुनावमा घृणाका विरूद्ध मतदान गर्नुपर्ने बताएकी थिइन्।

यो उनको ट्वी भारतीय जनता पार्टीलाई भोट नहाल्न गरिएको अपिल थियो।

आलियाकी आमासँग ब्रिटिस पासपोर्ट छ र आलियासँग पनि बेलायती नागरिक्ता छ।

केहि दिन पहिले एक टिभी अन्तरवार्तामा आलियाले आफूसँग भारतीय पासपोर्ट नभएकाले भोट हाल्ने इच्छा हुँदाहुँदै पनि हाल्न नपाउने खुलासा गरेकी थिइन्।

पायलले यसै कुरा लिएर आमा-छोरीमाथि बयान दिएकी हुन्।

पायलले यस्तो बताएपनि सोनीले आफू पहिले मानव भएकाले मानिसलाई भोट हाल्न आग्रह गरेको ट्वीट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...