प्रेमिकालाई चुईगम भन्दै यस्तो औषधि बारम्बार खुवाएपछी



 

ति युवकले ८ हजार तिरेर यौन शक्ति बढाउने कफी किनेका रहेछन् । त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए ।उक्त कफी पिएमा यौन क्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए । कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै असर देखिएन ।

 

उनको बुझाइमा प्रेमिका शारीरिक सम्बन्धका लागि तयार भइनन् । योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए । पसलेले बढी कुरा गर्ने भन्दै प्रतिवाद गरिरहेका थिए ।साझको सात बजेको थियो । सिरसिरे हावा चलिरहेको थियो ।

 

कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए । ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए । तर, ति किशोर उक्त वाक्यांस दोहोराइरहेका थिए । फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए ।

 

पछि कुरा बुझ्दा उनले यौन शक्ति वढाउने औषधि ‘भियग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो । किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए ।

 

यौनवद्र्धक औषधिले निम्त्याएको विकृतियी दुई प्रतिनिधि घटनाले यौनवद्र्धक औषधिको व्यवसायलाई प्रष्ट गर्दछ । सँगै, यसले निम्त्याएको विकृतिलाई पनि प्रतिनिधित्व गर्दछ । सहरी समाजमा झुक्काएर यौनवद्र्धक औषधि खुवाउंने र कामवासना पैदा गर्ने कुसंस्कृति हावी भइरहेको छ ।

 

अर्कोतर्फ, भियग्राजस्ता यौनवद्र्धक औषधिको चरम प्रयोग बढिरहेको छ । यी दुई औषधि बजारमा देखिने विकृतीका प्रतिनिधि दृष्य मात्र हुन । औषधि बजारमा दिनहुँ सेक्स पावर बढाउने औषधि ठूलो मात्रामा किनबेच हुंने गरेको छ ।

 

होटेल तथा गेस्ट हाउस धेरै भएका क्षेत्र र नयाँ बसपार्क वरपरका औषधि पसलको मुख्य कारोवार मध्ये यौनवद्र्धक औषधि पर्ने गर्दछ । विशेषगरी यस्ता औषधि कलङकी, नया बसपार्क, सिनामंगल, गौशला, रत्नपार्क लगायतका ठाउँमा ठूलो मात्रामा कारोबार हुने गरेको छ ।भ्रामक प्रचार दैनिकजसो पत्रपत्रिका तथा एफएमहरुबाट प्रकाशित र प्रकाशित हुने यौनजन्य विज्ञापनले यस्ता विकृतिलाई वढाउने विज्ञहरु पताउँछन् ।

 

यौन असन्तुष्टि, लिंगको लम्बाइ वढाउने, लिंग कडा पार्नेदेखि खडा पार्ने, यौनीको आकार मिलाउने, यौन सन्तुष्टि वढाउने, लामो समयसम्मको सहवासका लागि औषधिहरु उपलब्ध छन् भन्ने भ्रामक विज्ञापनहरु दैनिकरुपमा प्रकाशन प्रशारण हुने गर्दछन् । त्यसको प्रभावले र गोप्य रुपमा आफ्नो साथीलाई यौन उत्तेजनामा ल्याउनको लागि यस्ता औषधिहरुको विकृती वढिरहेको छ ।

 

विज्ञापनको पछि लागेर युवाहरुले हजारौ रुपैयाँ खर्च गरेर पनि यस्ता औषधि खरिद गर्ने गरेको भेटिएको छ । यता खुलेआम औषधि पसलेहरुले यस्ता औषधिलाई बेचिरहेका हुन्छन् । उनीहरुले ग्राहकको अनुहार हेरेर औषधीको मूल्य तोक्ने गरेको भेटिएको छ ।

 

यौन प्यास मेट्न तथा आफ्नो स्वार्थ पूरा गर्न उनीहरु महिलालाई ‘फायर’ बनाउने भन्दै सेक्स पावर बढाउने भियग्रालगाएतका औषधि खरिद गर्छन । पछि यस्ता औषधिले काम नगरेपछि पैसा त गयो, आपराधिक मनोविज्ञानका कारण जिन्दगी पनि जाने गरेको छ ।

कुटुम्बको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १

राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको