केदार घिमिरे (माग्ने बुढा) ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित…



हाम्रो इकोनोमि

 

 

चर्चित हाँस्य कलाकार केदार घिमिरे सरकारबाट सम्मानित भएका छन् ।

“मेरी बास्सै” बाट माग्ने बुढाको उपनामले चर्चित केदार ‘प्रबल जनसेवा श्री’ बाट बिभूषित भएका हुन् ।

संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

उनले सम्मानित हुँदा झनै उत्साहित भएको बताउँदै कर्तव्य पथमा निरन्तर लाग्ने प्रण पनि गरेका छन् ।

‘प्रबल जनसेवाश्री’ बिभूषित भएपछि केदारले खुसी व्यक्त गरेका छन् भने उनले नेपाल सरकारलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

सरकारले उनलाई कलाकारीताको क्षेत्रमा अमुल्य योगदान दिएको भन्दै सम्मान गरेको हो ।

सम्मानित भएपछि केदारले फेसबुकमा लेखेका छन् “सधैं यस्तै अलिकति निहुरिन पाउँ ।

छाती तन्काएर कसैका सामु घमण्ड नगरुँ । हँसाइरहन पाउँ । ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद ।

कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु” ।

उनी सरकारी तवरबाट सम्मानित भएपछि उनका सहकर्मीहरुले समेत बधाई दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...