छोरा सानो छदै श्रीमानले छोडेर गए , दुख गरेर पाइलट पढाएको छोरा पनि सधैको लागि टाढा भए !



हाम्रो इकोनोमि

 

कुनै समय यति धेरै पीडादायी बन्छ की मान्छेले सोच्न त के कल्पना सम्म गर्न सक्दैन ।

जिबनको दियो कति बेला कहाँ पुगेर निभ्ने हो ठेगान नै नहुने रहेछ ।

नयाँ वर्षको दिन घर को मझेरी मा चम्कदै गरेको आशाको दियो निभ्यो विश्वास भरोषाको पर्खाल ढल्यो ।

एक बिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किएर रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो।

पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।

ढुंगानाले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा।

सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।सानैमा बुवाले सुजित र उनकी आमालाई छोडेपछि ल्हेमी लामाले हुर्काएकी थिइन्।

स्वास्थ्य सेविका ल्हेमी अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।ओखलढुंगामा माध्यामिक शिक्षा पढेका ढुंगा नाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

पाइलट कोर्स सकेर उनले सन् २०१७ को फेब्रअरीदेखि गोमा एयरमा काम सुरू गरेका थिए।

गोमा एयर नै अहिले समिट एयरका रूपमा सञ्चालनमा छ। ३४ वर्षीय सुजितको एक वर्ष अघिमात्र विवाह भएको थियो।

सुजितको म्र्त्युले आमाको मात्र मन कुडीएन जिबनको बाकि पल संगै बिताउने बाचा गरेकी जिबन संगी समेत एक्लो बनिनन !

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...