मोदीको हेलिकोप्टरमा ‘रहस्यमयी कालो बाकस’ भेटिएपछि



हाम्रो इकोनोमि

 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ ।

कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको थियो ।

कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन माग गरेको छ ।

आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिएका छन् ।

मोदीले अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गरेका थिए ।

शर्माको भनाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भनेको छ, ‘प्रधानमन्त्रीको हेलिकोप्टरसँग अन्य तीन हेलिकोप्टर उडेको हामीले देखेका थियौं ।

अवतरणपछि एउटा कालो बाकस निकालियो र त्यसलाई एउटा नीजि कारमा राखेर लगियो ।

बाकसमा के थियो ? यदि त्यसमा रकम थिएन भने त्यसको अनुसन्धान हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...