गुल्मीमा निर्माणाधिन पुल भत्किदाँ ठेकेदारसहित पाँच जना घाइते, ठेकेदार इटनीको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

गुल्मीको मुसिकोट नगरपालीकामा अवस्थित बडिघाट खोलामा निर्माणाधिन पुल भत्किदाँ ठेकेदारसहित पाँच जना घाइते भएका छन ।

मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आईतवार ढलान गर्ने क्रममा भत्किएको प्रत्यक्षदर्शीले बताएका छन ।

पुल भाँचिदा ठेकेदारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले बताएका छन ।

घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेकाछन् ।

घाइतेहरुलाई उपचारका लागि वाग्लुङ्गको हटिया लगिएकोमा पछि थप उपचारका लागि काठमाडाैँ लगिएको छ ।

घाइते मध्ये ठेकेदार इटनीको अवस्था गम्भीर रहेको छ ।

गएको तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको ५८ मिटर लम्बाई रहेको दुई वटा पिल्लरसहितको पुल ढलानको क्रममा भाँचिएको हो ।

पुल निर्माणको जिम्मा वाईपी जनवुद्ध निर्माण सेवाले गरिरहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...