गुल्मीमा निर्माणाधिन पुल भत्किदाँ ठेकेदारसहित पाँच जना घाइते, ठेकेदार इटनीको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

गुल्मीको मुसिकोट नगरपालीकामा अवस्थित बडिघाट खोलामा निर्माणाधिन पुल भत्किदाँ ठेकेदारसहित पाँच जना घाइते भएका छन ।

मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आईतवार ढलान गर्ने क्रममा भत्किएको प्रत्यक्षदर्शीले बताएका छन ।

पुल भाँचिदा ठेकेदारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले बताएका छन ।

घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेकाछन् ।

घाइतेहरुलाई उपचारका लागि वाग्लुङ्गको हटिया लगिएकोमा पछि थप उपचारका लागि काठमाडाैँ लगिएको छ ।

घाइते मध्ये ठेकेदार इटनीको अवस्था गम्भीर रहेको छ ।

गएको तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको ५८ मिटर लम्बाई रहेको दुई वटा पिल्लरसहितको पुल ढलानको क्रममा भाँचिएको हो ।

पुल निर्माणको जिम्मा वाईपी जनवुद्ध निर्माण सेवाले गरिरहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...