अपडेट : सर्लाहीको पुर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुदाँ, ३ को मृत्यु, ३१ घाईते



हाम्रो इकोनोमि

 

सर्लाहीको लालबन्दी नगरपालिका–१, पूर्व–पश्चिम राजमार्ग आज बिहान रिजर्भ बस दुर्घटनाहुँदा तीन जनाको ज्यान गएको छ भने ३१ जना घाईते भएका छन ।

काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको बागवानीमा आज विहान अनियन्त्रित भई पल्टिदाँ दुवही ८ सिरहाको अनिल उराउ, मोरङ्ग बुद्धीगङ्ग नगरपालिका –६ बस्ने २२ वर्षिया बबी उराउ र सुनसरी रामधोनी न.पा. ९ बस्ने ४० वर्षिय श्रीकान्त चौधरीको घटना स्थलमै ज्यान गएको हो ।


मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकको मुनलाईट हाइड्रो पावर बलाठे जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु रहेका छन् ।

उनीहरु काठमाण्डौंबाटे बस रिजर्भ गरेर घर फर्किदै थिए ।

दुर्घटनाका ३१ जना घाईतेमध्ये सुनसरी बस्ने ३२ वर्षिया केसरी चौधरी र रामजन न.पा. ५ बस्ने वर्ष २६ को सुनित चौधरीको अवस्था चिन्ता जनक रहेको प्रहरले जनाएको छ ।

घाइतेहरु मध्ये ५ जनालाई थप उपचारको लागि विराटनगरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

त्यस्तै सामान्य घाईतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...