अपडेट : सर्लाहीको पुर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुदाँ, ३ को मृत्यु, ३१ घाईते



हाम्रो इकोनोमि

 

सर्लाहीको लालबन्दी नगरपालिका–१, पूर्व–पश्चिम राजमार्ग आज बिहान रिजर्भ बस दुर्घटनाहुँदा तीन जनाको ज्यान गएको छ भने ३१ जना घाईते भएका छन ।

काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको बागवानीमा आज विहान अनियन्त्रित भई पल्टिदाँ दुवही ८ सिरहाको अनिल उराउ, मोरङ्ग बुद्धीगङ्ग नगरपालिका –६ बस्ने २२ वर्षिया बबी उराउ र सुनसरी रामधोनी न.पा. ९ बस्ने ४० वर्षिय श्रीकान्त चौधरीको घटना स्थलमै ज्यान गएको हो ।


मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकको मुनलाईट हाइड्रो पावर बलाठे जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु रहेका छन् ।

उनीहरु काठमाण्डौंबाटे बस रिजर्भ गरेर घर फर्किदै थिए ।

दुर्घटनाका ३१ जना घाईतेमध्ये सुनसरी बस्ने ३२ वर्षिया केसरी चौधरी र रामजन न.पा. ५ बस्ने वर्ष २६ को सुनित चौधरीको अवस्था चिन्ता जनक रहेको प्रहरले जनाएको छ ।

घाइतेहरु मध्ये ५ जनालाई थप उपचारको लागि विराटनगरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

त्यस्तै सामान्य घाईतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...