लुक्लामा समीट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु , चार जना घाईते



हाम्रो इकोनोमि

 

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्लाबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  ९ एन एमएच कलसाइनको  विमान  दुर्घटनामा परेको हो । उड्ने क्रममा  धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका  को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्का सहित ३ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् ।  समीट एयरकै अर्का  कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर  हेलिकोप्टरमा क्षति पुगेको छ । मनाङ एयरका पाइलट टीबी गुरुङ घाइते भएका  छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...