बाबा र ममीले यौनसम्पर्क गरेको प्राय देखि रहन्छु, तर नदेखे जस्तै गर्छु !! अनि मलाई पनि…..



हाम्रो इकोनोमि

 

 

बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु११ बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ।

 

 

कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय छोराछोरीहरुले थाहा पाएका हुन्छन् । यो एक किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग गुनासो गरेको हुन्छन् । त्यस्तो अनुभव गरेको प्राय छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन् । तरपनि सबै बालबालिकाले अभिभावकहरुको यस्तो व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन ।

 

छोराछोरीहरु जो किशोरअवस्थामा पुग्न थाल्दछन, उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो रु शरीर सानो थियो होला । महिनावारी भर्खर शुरु भएको थियो होला । स्तन दुख्ने र विस्तै त्यो स्तन बढ्दै जान थाल्यो होला ।

 

यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ । त्यसैले, तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो ।

 

अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ ।

त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ ।

 

नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।बाबाममीको यौन कृयाकलापहरु तपाईले थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किनकि कसरी गोपनीयता कायम गर्ने भन्नेर उहाँहरु बीच पनि कुराकानी हुनपाउँछ ।

 

कुरा रह्यो तपाइलाई बाबाममीको यौनसम्पर्कले गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो । यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएको कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो ।

श्रीमान श्रीमती बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यान्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ ।

 

अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ ।

त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ । नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...