जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी ऋतिक बने यो बर्षको ए लेभलको ‘वर्ल्ड टपर’



हाम्रो इकोनोमि

 

राजधानी काठमाडौ स्थित जेभियर इन्टरनेशनल कलेज कालेपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् । शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी दिइएको हो । उनले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन् ।

 

कार्यक्रममा वर्ल्ड टप गर्ने सहित बिभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) कार्यक्रम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए ।

जेभियर इन्टरनेशनलकै विद्यार्थीले यसअघि पनि वर्ल्ड टप गरेको सो अवसरमा जानकारी दिइयो । ए लेभल पढाइ हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नामसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

 

ए लेभल संसारभर एउटै शैक्षिक कार्यक्रम हो । यसलाई नेपालको शिक्षासँग तुलना गर्दा प्लस टु सरह मानिन्छ । जसरी दश जोड दुईको कोर्ष २ वर्षको हुन्छ, ए लेभलको पनि त्यहीनै हो । ११ कक्षालाई ए एस र १२ कक्षालाई ए टु भनिन्छ । यी दुवै कोर्ष सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।

 

क्याम्ब्रिज विश्वविद्यालयको जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ । विश्वका प्रायःजसो ख्याति प्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ए लेभललाई फलामे ढोकाका रुपमा लिए हुन्छ ।

 

ए लेभलमा ६० वटा विषयमध्ये विद्यार्थीले आफ्नो रुचि, देशको अवस्था सुहाउदो हुने गरी छानेर पढ्न पाउँछन् । यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ ।

 

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट यसको पठनपाठन हुन्छ । विद्यार्थीले ६० विषयमध्ये कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ, तर विद्यार्थीले चाहे थप विषयमा परीक्षा दिन सक्ने जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

 

यसले विश्वविद्यालय शिक्षाका लागि श्रेष्ठता कायम गरेको छ । ए लेभल पढेका विद्यार्थीले बेलायत, अमेरिका, क्यानडा र युरोपका सबै मुलुकका विश्वविद्यालयको ४ वर्षे कोर्षमा ३ वर्ष मात्र पढे पुग्छ । किनकी ए लेभल पास गरेकाहरुले ४ वर्ष पढ्न नपर्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...