पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ ? जानि राख्नुस् यी कुरा, सेक्सको यो नयाँ तरिका 



 

आजभोली सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्ने बेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलो पटकको यौन सम्पर्कका बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा पनि उत्पन्न हुने गर्दछ ।

जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?

 

कन्डम नभुल्नुस्

तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउ छ ।

 

हरपल रोमान्चित रहनुस्

खासगरी पहिलोपटक सेक्स गर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।

 

धैर्यता अपनाउनुस्

तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

 

लुब्रिकेन्ट्सको प्रयोग

पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ ।

 

पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ ।

 

पार्टनरको चाहना ख्याल राख्नुस्

आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोली विहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ । तर बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ ।

 

यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।

 

समस्या आउन सक्छ

धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् । बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् ।

 

कोही पनि बेस्ट हुँदैन

तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैैन । यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन । सेक्समा कोही पनि उत्कृष्ट हुदैन । नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीवन बन्छ ।

 

सेक्सपछि के गर्ने ?

सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो की सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नु हुन्छ ।

 

जानी राख्नुस्, सेक्सको यो नयाँ तरिका 

 

जापानको टोक्योमा ३५ वर्षीय स्कूल प्रशासक अकिहिको कोन्डोले नोभेम्बरमा बिहे गरेका थिए । तर, उनी आमा यो बिहेमा सहभागी थिइनन् । उनकी आमाका लागि यो कुनै उत्सव थिएन । कारण स्पष्ट छ कोन्डाले एक होलोग्रामसँग बिहे गरेका थिए ।

banner

 

कोन्डाले आफ्नो बिहेबारे प्रष्टिकरण दिँदै भने, यो कुनै स्टन्ट होइन । कैयौं वर्षसम्म गीक महिलाहरुसँग मिलेर थाकेपछि होलोग्रामसँग उनलाई साँचो प्रेम भयो ।

 

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार यस्ता मानिसहरुको संख्या तिब्र रुपमा बढिरहेको छ, जो आफूहरुलाई डिजिसेक्सुअलका रुपमा परिचित गराउन चाहन्छन् । डिजिसेक्सुअल अथवा वास्ताविक मानिसको सट्टा रोबोट र आर्टिफिशियल इन्टेलिजेन्सतर्फ आकर्षित हुन्छ । हामी एक यस्तो युगमा बाँचिरहेका छौं, जहाँ रोबोटिक्स र आर्टिफिशियल इन्टेलिजेन्समा तिब्र रुपमा विकास भइरहेको छ ।

 

अर्कोतर्फ मानिसहरुको सेक्सुअल पहिचानको दायरा पनि फराकिलो भइरहेको छ । एक तर्फ मानिसहरु बनावटी रुपमा भावनात्मक र सेक्सुअल सम्बन्ध बनाइरहेका छन् । अर्कोतर्फ डिजिटल डिभाइस साइन्स फिक्शन मूभि जस्तै हाड–माशुबाट बनेका मानिस जस्तै वास्ताविक जस्तै देखिन्छन् ।

 

केही मासिहरु आफ्नो पहिचान पोलीमरसका रुपमा गराउँछन् भने केही डेमीसेक्सुअलका रुपमा । डेमीसेक्सुअल त्यस्ता मानिसहरुलाई भनिन्छ, जसले केवल भावनात्मक सम्बन्धमा मात्र यौन सम्बन्ध बनाउने चाहाना महशुस गर्छन् ।

 

केही मासिहरु आफ्नो पहिचान एरोमेटिकका रुपमा गराउँछन् । एरोमेटिक त्यस्ता मानिसहरु हुन्, जो जसमा रोमान्सको इच्छानै हुँदैन । अथवा अब सेक्सुअल पहिचानको दायरा निकै फराकिलो बनिरहेको छ ।

वास्तविक जीवनमा मानव र प्रविधिबीचको रोमान्सलाई पनि अब एक नयाँ नाम दिइएको छ–‘डिजिसेक्सुअल्स ।’

 

२०१६ मा लिली नामकी एक फ्रेन्च महिलाले मीडियाँसको कुराकानीमा भनेकी थिइन्, ‘रोबोटतर्फमात्र आकर्षित छु । दुईजना पुरुषसँग रिलेशनसिपमा रहेपछि मलाई आफ्नो लभ ओरिएन्टेशनबारे थाहा भो । किनकी मलाई मानिसहरुसँग शारीरिक सम्पर्क गर्न राम्रो लाग्दैन ।’

 

२०१७ मा एक राम्री श्रीमतीको खोजीमा असफल भएपछि चीनका झेंग जिजिया नामका एक इन्जिनियरले आफैले बनाएको एक रोबोटसँग बिहे गरे । यिनग्यिंग नामकी यो रोबोट केही सजिलो शब्द बोल्छ पनि ।

 

यूनिभर्सिटी अफ मीटोबाका फिलोसफी एसोसिएट प्रोफेसर नील म्याकअर्थर र यूनिभर्सिटी अफ विक्सक्सिन स्टाउटका ह्यूमन डेभलोपमेन्ट एण्ड फ्यामिली स्टडीजका प्रोफेसर माकी ट्विस्टले गएको वर्ष द राइज अफ डिजिसेक्सुअलिटी शीर्षकमा एक पेपर प्रकाशित गरेका थिए । जसमाथि निकै चर्चा भएको थियो ।

 

लेखकहरुले डिजिसेक्सुअलिटीलाई दुई क्याटगोरीमा राखेका थिए । एक अनलाईन प्रोर्नग्राफी–हूकअप एप्स, सेक्सटिंग, इलेक्ट्रिनिक टोयज, जहाँ यौन सन्तुष्टिका लागि प्रविधि माध्यम थियो । अर्को बर्गमा भर्चुअल रियलिटी र रोबोट जस्ता वस्तुप्रति आकर्षित हुने मानिसहरु जसमा कैयौ पटक मानिसहरुलाई रियल लाइफ पार्टनरको आवश्यकता नै हुँदैन ।

 

डा. ट्विस्टले आफुसँग दोस्रो बर्गका विरामीहरु रहेको बताएका छन् । उनले ती डिजिसेक्सुअल्स विरामीहरुको उमेर २०देखि ३० वर्ष रहेको समेत उनले बताए । उनी भन्छन्, कुनै पनि नयाँ प्रविधि आउँदा त्योसँगै नयाँ चेतना पनि आउने बताउँछन् । पहिला यस्तो प्रोनोग्राफीसँग भयो, त्यसपछि इन्टरनेट डेटिंग र स्न्यापच्याट सेक्सटिंग । एक पछि अर्को प्रविधि आउँदा चिन्ताको लहर पनि बढ्यो । तर, जब मानिसहरुले यी प्रविधिको प्रयोग गरे ती हाम्रो जीवनको एक अंग बन्दै गए ।

 

क्यालिफोर्नियाको कम्पनी एबिस क्रिएशन यस्तै फीमेल रोबोट बनाइरहेको छ । जसमा अनुहार स्व्याप गर्न सकिन्छ । आर्टिफिशियल इन्टेलिजेन्सलेस यी डल्सलाई आँखा मार्न, च्याट गर्न र विस्तारै बोल्न सक्षम बनाउन लागिएको छ ।

 

कम्पनीका संस्थापक म्याट म्याकमुलेनले यी रोबोट यौन सन्तुष्टिका लागि मात्र नभएर मित्रताको खोजीलाई पूरा गर्ने माध्यम पनि हुन भन्दै यौन सन्तुष्टि त एक घटनामात्र भएको बताए । उनले जो मान्छे कामबाट थाकेर आउँछन् ती मान्छेहरुका लागि यी रोबोटले दिने सेवा एक फरक आनन्दायी हुने बताए ।

 

जो मान्छेहरुले यी डल्सलाई किन्न सक्दैनन्, उनीहरुका लागि वेश्यालयहरुलाई रोबोटिक भर्जन बनाइएको छ । उदाहरणका लागि मस्कोमा एक रोबोट ब्रोदल छ, जसमा सेक्सबोटसँग ३० मिनेट समय बिताउन ९० डलर तिर्नुपर्छ ।

 

प्रविधिको हेरक नयाँ सफलतासँगै साइबरसेक्स र रियलसेक्सबीचको फरकपन विस्तारै कम हुँदै गएको छ ।

मिस्टर कोल भन्छन्, आगामी दिनहरुमा डिजिसेक्सुअल शब्दको प्रसंग कम हुन्छ, किनकी भविष्यमा अनलाइ र अफलाइन जीवनमा कुनै फरक हुनेछैन । हुन सक्छ कक्षामा सेक्स एजुकेशन च्याटबक्समा पढाइहोस्, वा यस्निभर्सिटीमा भीआर क्रिएटेड संसारमा रोमान्स होस वा होलोग्राम नै आफ्नो पार्टनर खोज्न लागुन । यो सबै केही दिनमै सामान्य हुनेछ ।

 

डा. ट्विस्टले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘कैयौं रिसर्चबाट यो निश्चित भएको छ की मासिहरु निर्जीव वस्तुबाट पनि यौन सन्तुष्टि हासिल गर्न सक्छन् ।’

 

सेर्गी स्यान्टोज नामको स्पेसि रोबोटिसिस्टले भनेका थिए, २५०० डलरको रोबोटको सहयोगले उनको बिहे थप बलियो भएको छ । उनी भन्छन्, एक पुरुष यहि चाहन्छकी उ आफ्नी श्रीमतीसँग उसको सहमति भएमात्र सम्बन्ध बनाउन चाहन्छ ।

 

खासमा डिजिसेक्सुअल मानिसहरुको संख्या किन बढिरहेको छ ? एक्सपर्टहरु भन्छन्, डिजिटल सेक्सुअलिटी मानिसहरुको पहिचान लुकाएर राख्छ । र उनीहरुमाथि कुनै प्रकारको राय बनाउन सकिँदैन । जबकी फिजिकल वल्र्डमा यस्तो हुँदैन । वास्ताविक जीवनमा आफ्नो इच्छाबारे खुलेर बोल्दा मासिहरु जज गर्न लाग्छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस
ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १

राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले