उडिरहेको जहाजमा जब सांसदले एयर होस्टेज थर्काए



हाम्रो इकोनोमि

 

बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो ।

जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन ।

ति भद्र एक्कासी कड्कीए । नम्र स्वरमा बोलेकी एयर होस्टेजलाई हप्काउँदै उनले भने –‘मलाई तिमीले सिकाउने ? ‘ म हो हो चिनेकी छस् ?

बुद्ध एयरको दादागिरी अति भयो, हामीले बुद्ध एयरको गतिविधि नजिकबाट हेरिरहेका छौं ।’

भद्र देखिने व्यक्ति एक्कासी जंगिए पछि ति एयर होस्टेज बेस्सरी डराइन । अनुहार रातोपिरो देखियो ।

ति भद्र व्यक्ति थिए नेकपा सांसद एंव मेनपावर व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बु ।

संघिय संसदको लोगो लगाएका लिम्बु बोर्डिङ पासमा भएको सिटमा नबसी अर्कै खाली सिटमा बसेका थिए ।

सांसद जस्तो व्यक्तिले सेवा दिन बसेकी एयर होस्टेज माथि गरेको दुर्वव्यवहार देखेर अन्य यात्रु आश्चर्यमा परेका थिए ।

सायद एयर होस्टेजलाई ति व्यक्ति सांसद भन्ने पनि थाहा थिएन ।
विना कारण सांसद लिम्बुको हप्की खाएकी एयर होस्टेजले राम्रोसंग यात्रुलाई सेवा दिन समेत सकिनन ।

अर्की एयर होस्टेजले उनको काम समेत सघाइन । सांसद लिम्बुले एयर होस्टेजले चकलेट पानी दिँदा समेत जंगिदै चाहिदैन भने ।

उडान अवधि भरी रिसाएर बसेका लिम्बुले भद्रपुर विमानस्थलमा पुगेपछि एयर होस्टेजले केहि समय नओर्लन गरेको आग्रह पनि मानेनन । ढोका खुल्ने वित्तिकै जर्वजस्ती ओर्लिए ।

भद्रपुर पुगेपछि अन्य यात्रुसंग ति एयर होस्टेजले आफुले गल्ती नगरेको बताइन । उनले कुनै एक यात्रुले आफुले गल्ती गरेको अथवा नगरेको साछी बस्नका लागि सम्पर्क नम्बर दिन आग्रह गरिन ।

एक जनाले उनी प्रति भएको दुव्र्यवहार प्रति दुःख व्यक्त गर्दै सम्पर्क नम्बर दिए । उनको अनुहार मलिन थियो ।

पेशाले नै नम्र र शालिन हुनु पर्ने एयर होस्टेजको कुनै गल्ती थिएन । बरु सांसद लिम्बुले नै पदको उन्माद देखाउँदै ति एयर होस्टेज प्रति अपमान र दुव्र्यवहार गरेका थिए ।

स–परिवार यात्रा गरेका सांसद लिम्बुको उक्त व्यवहारले जहाजमा यात्रा गरिरहेका अन्य यात्रु स्तब्ध देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...