यी हुन् गोप्य अंगमा ट्याटु खोप्ने सेलिब्रेटी, कसको कुन गोप्य अंगमा ?



हाम्रो इकोनोमि

 

गायिका सरस्वती लामाको ‘वक्ष’मा खोपिएको ट्याटुले निक्कै चर्चा पायो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि अनेक ठाउँमा भाइरल पनि भयो ।

तर, त्यहाँमात्र होइन उनले अन्य गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरिन् । भनेकी छन्,‘ट्याटु त मैले नदेखाउने ठाउँमा पनि खोपेकी छु ।’

नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि ।

खासगरी मिडियामा आउने सेलिब्रिटीले गोप्य अंगमा ट्याटु खोपेपछि तस्बिरहरू भाइरल भए । ट्याटु खोप्नु सौख पनि हो ।

तर, कतिपय नेपाली अभिनेत्रीका ट्याटु खोपेका तस्बिर ‘लिक’ हुँदा आलोचना पनि भयो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘वक्ष’मा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । यसमा उनको आलोचनामात्र भएन, प्रष्टीकरण पनि दिनुपरेको थियो । उनले ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालमा भाइरल पारेको बताउँदै आवेग समेत पोखेकी थिइन् ।

ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ ।

कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् । तर नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् । यो चलन अभिनेत्री सुष्मा कार्कीबाट सुरु भएको मान्छन् कतिपय कलाकार । कार्कीले सूर्याकारको ट्याटु खोपेकी छन् । ट्याटुमात्र नभएर कार्कीले नाइटोमा पियर्सिङ पनि गरेकी छन् ।

कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । यस्तो सौखका आधारमा नै आफुले ट्याटु खोपेको त अभिनेत्री करिश्मा मानन्धरले बताउँदै आएकी छन् । उनले पनि वक्षमै टयटु खोेपेकी छन् ।

 

एकजना ट्याटु बनाउने कलाकारका अनुसार युवतीहरूका गोप्य अंग र आकर्षित बनाउने ठाउँमा ट्याटु बनाउने काम आउँछ । कतिपयले तिघ्रा, पाखुरा, वक्ष, नाइटो, पेट वा त्यसका वरिपरि र ढाडमा समेत खोपाउने गरेका छन् । उनी भन्छिन्,‘यो एक प्रकारको आइडेन्टीटी पनि बन्दो रहेछ । त्यसैले यस्तो रिक्वेस्ट आउने गरेको छ । कलाकारले मात्र होइन टिएजर्सलगायतले पनि खोप्ने गरेका छन् ।’ सूर्य, ड्रागन, स्वतन्त्रता, बाघ, सिंह वा अनेक आकृतिका ट्याटु खोप्नका लागि अनुरोध हुने गरेको छ ।

ट्याटु विश्वबजारमा १५ औं शताव्दी देखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिकालगायत युरोपियन मुलुकहरूले यसलाई प्रचलनमा ल्याएका हुन् ।

तर ट्याटु खोप्ने कलाकार भने जापानले धेरै भन्दा धेरै उत्पादन गरेको बताइन्छ । खासगरी सैनिकहरूलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि ट्याटु खोप्ने प्रचलन थियो । जुन आधुनिक विश्वमा आउँदा ख्याती प्राप्त फेसन बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...