टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु



हाम्रो इकोनोमि

 

टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ ।

बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८ नंको टिपरमा आगजनी गरेर क्षति पु¥याइदिएका छन् । दोषी चालकलाई कडा कारवाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...