पब्जी खेल बन्दपछि एक आमामाथि बर्षियो खुसी



हाम्रो इकोनोमि

 

पब्जी खेल बन्द गर्ने समाचार प्राप्त हुने बितिकै एक माहिला निकै खुसी भएको भिडियो भाइरल भएको छ ।

सरकारले बिहिबारबाट नै पब्जी खेल बन्द गर्ने घोषना गर्ने वितीकै पब्जी खेलेर हैरान बनेका परिवारमा पक्कै खुसी नै हुन्छ ।

त्यस्तै भयो एक महिलामा पनी उनी पब्जी बन्द भएको खबरले निकै खुसी भएको भिडियो बाहिरिएको छ ।

सागर तीवारी नामक सामाजिक संजाल फेसबुक पेजबाट सियर भएको उक्त भिडियो सिता तिवारी सामाजिक संजालमासंग जोडिएको छ ।

उक्त भिडियोकोमाथि मेरो आमा पव्जी बन्द भएपछि रुने की हाँस्ने अवस्थामा भन्दै भिडियो सियर गरेका थिए ।

सिता तिवारी सागर तिवारीकी आमा रहेछिन् । उक्त भिडियो देख्ने बितिकै सागर तिवारीसंग यसबारे फेसबुकबाट कन्ट्याक गरे । सिता तिवारीको स्थाई घर पोखराको बेगनास तालमा रहेको उनको छोरा सागरले बताए ।

सिता तिवारीले उक्त भिडियोमा पब्जी बन्द भयो उठ्यो बस्यो भन्दै पव्जी बन्दा गर्ने सरकारलाई धेरै धरै धन्यबाद दिएकी छन् ।

उनको यो भिडियो एक घण्टामा एउटा प्रसनल फेसबुकबाट पनि लगभग दुई हजार सियर हुन थालेको छ ।

यो भिडियोबाट प्रस्ट हुन्छ यसरी धरैको आमाहरु रमाउन थालिसकेका अनुमान लगाउन सकिन्छ । तर यो खेल खेल्नेहरु भने यतिखेर निराश भएको छ ।

बच्चाहरुले पब्जी खेलेको देखेर दिक्क भएकी सिता तिवारी पब्जी बन्द हुने खबर पाउने वितिकै खुसी भएकी उनको छोरा सागर तिवारीले बताए ।

मनोचिकित्सकहरूका अनुसार पब्जीले हिंसा निम्त्याउछ , रोगको पैदा गर्छ । यो खेलले समयलाई पनि बर्वाद गर्ने हुँदा भविश्य नै अन्योलमा पार्न पनि पछि पर्दैन । प्र

त्यक परिवारमा पब्जीको ठूलो असर परेको यो भिडियोबाट नै प्रस्ट हुन्छ । बाटो, गाडिमा हिड्दा कतिपयले पव्जीले गर्दा परिवारमा झगडा पर्न थालिसकेको सुन्नमा आएको छ ।

पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको हो ।

बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।

पब्जीले भारतमा एक २० वर्षीय युवकको ज्यान समेत लिएको छ । त्यसैले भारतको केही स्थानमा यो खेल बन्द गरिएको छ ।

त्यस्तै यो सम्बन्धि अनुसन्धान पनि भइसको र उक्त अनुसन्धानले पव्जीले हिंसा फैलाउन भएको पत्ता लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...