युवती बलात्कार गर्न खोज्ने खानेपानीका हाकीम प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

 

युबती बलात्कार गर्न खोज्ने खानेपानीका हाकिम पक्राउ परेका छन् ।

श्रीमति नभएको मौकामा क्वाटरमा बोलाएर युवतिलाई बलात्कार गर्न खोज्ने प्रजापति दाहाल पक्राउ परेका हुन् ।

दाहाल भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक भएको जनाइएको छ ।

दाहालले मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

युवतीले प्रहरीमा उजुरी दिएपछि दाहाल पक्राउ परेका हुन् ।

दाहालले श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएर बलात्कार गर्न खोजेका थिए तर युवतीले भागेर ज्यान जोगाउन सफल भईन् ।

भाग्ने क्रममा युवतीको खुट्टासमेत मर्किएको प्रहरीले जनाएको छ ।

दाहालले बलात्कार गर्नका लागि युवती चढेर आएको स्कुटर र मोवाइल समेत जफत गरेर राखेका थिए ।

त्यसपछि राति नै युवती अटो चढेर भागेकी थिइन । दाहाल अहिले प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रहरीले घटनालाई लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...