को हुन स्वीस बैंकमा पैसा राखेका विवादास्पद व्यापारी



हाम्रो इकोनोमि

 

 

करछलि गरेर अकुत सम्पत्ति आर्जन गरी स्वीस बैंकमा लगेर नेपाली पैसा राखेको आरोप लाग्दै आएका विवादास्पद व्यापारी चन्द्र ढकालले प्रधानमन्त्री केपी ओलीसहितका सत्तारुढ दलका उच्च नेतृत्वलाई चन्द्रागिरी घुमाएका छन् ।

ढकालले चन्द्रागिरीमा बनाएको होटेलमा प्रधानमन्त्री ओलीसहितका नेकपाका नेता र मन्त्रीहरूलाई अबरे रातिसम्म राखेको खुलासा भएको छ । विवादास्पद व्यापारी ढकालले प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताहरूलाई आफ्नो होटेलमा लग्नुको कारण खुलेको छैन ।

हुन त बेलाबेला ढकालले राजनीतिक दलका नेता, उच्च कर्मचारीहरूलाई चन्द्रागिरी केबल कारणमा घुमारएर प्रभावमा पार्ने प्रयास गरेको आरोप लाग्दै आएको छ ।

ढकालले सञ्चालन गरेको चन्द्रागिरी केवल कार र होटेलमा ओलीसहितका नेताहरू बिहीबार राति मध्यरातसम्म बसेको उच्च स्रोतले जनाएको छ ।

राजनीतिक संरक्षणमा ढकालले सरकारी जंगल अबैध रुपमा कब्जा गरेर चन्द्रागिरी केबल कारण र होटेल तथा रिसोर्टका भौतिक संरचाना बनाएको आरोप छ । ढकाललाई कर छलिको अभियोग लाग्दै आएको छ ।

ढकालले अर्बौं नेपाली रुपियाँ अबैध रुपमा स्वीस बैंकमा लगेर राखेको खोज पत्रकारिता केन्द्रले केही महिना अगाडि सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

देशलाई नोक्सानी पुर्‍याएको भनेर आरोप लाग्दै आएका ढकालको रिसोर्टमा प्रधानमन्त्री ओली, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा, नेकपाका महासचिव विष्णु पौडेलसहित नेकपाका शीर्ष नेताहरू राति अबेरसम्म चन्द्रागिरीमा बसेको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहितका नेकपाको उच्च नेतृत्व र मन्त्रीहरू चन्द्रागिरीमा जानुको कारण खुलेको छैन ।

स्रोतका अनुसार नेकपाका महासचिव विष्णु पौडेलको आग्रहमा प्रधानमन्त्री ओली, नेकपाका दोस्रो अध्यक्ष दाहालसहितका शीर्ष नेतृत्वलाई चन्द्रागिरी लगिएको थियो । विवादास्पद व्यापारी ढकालले महासचिव पौडेललाई प्रधानमन्त्री ओलीलाई चन्द्रागिरी ल्याइदिन आग्रह गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...