मन्त्री लामाले गरे राप्तीको परेवाकोटमा जेपी पार्कको शिलान्यास



हाम्रो इकोनोमि

 

प्रदेश ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चालु आर्थिक वर्षको वजेट कार्यान्वयनमा शंका गरेका छन् । पर्यटकीय सम्भावना वोकेको राप्ती नगरपालिका १ परेवाकोटमा निर्माण गर्न लागिएको जेपी स्मृती पार्कको बुधवार शिलान्यास गर्दै मन्त्री लामाले वजेट कार्यान्वयनमा सक्रिय हुन आग्रह गरे ।

 

प्रदेश सरकारबाट पर्याप्त बजेट विनियोजन भएको छ मन्त्री लामाले भने – अहिले सम्मको अवस्थाले कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता छ,कार्यान्वयनमा सक्रिय बन्नु पर्छ । प्रदेश सरकारकै लगानीमा परेवाकोटमा जेपी स्मृति पार्क वन्न लागेको हो । यसअघि राप्ती नगरपालिकाको ६ नम्वर वडामा पनि जेपी स्मृती पार्ककै शिलान्यास भईसकेको छ ।

 

कार्यक्रम ल्याउनुस वजेटको अभाव हुन्न दिन्नौ मन्त्री लामाले भने – तर पारदर्शी रुपमा कार्यान्वयन गर्नुपर्छ । मन्त्री लामाले आगामी पाँच वर्षमा पूर्वी चितवनको विकासले फड्को मार्ने बताए । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलियाले जेपी स्मृती पार्कले परेवाकोटको आर्थिक,सामाजिक विकासमा टेवा पुग्ने बताए ।

 

स्मृती पार्क निर्माण समितिका अध्यक्ष सुरेन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, राप्ती १ का वडाध्यक्ष सिद्धलाल स्यान्तान लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष स्यान्तानका अनुसार जेपी स्मृति पार्कमा जेपी भेटवालको शालिक, वगैचा, पिकनिक स्पट, भ्यु टावर, परेवाश्वरी मन्दिरको पुर्ननिर्माण लगायत संरचना निर्माण हुनेछ ।

 

बाढीबाट पूर्वी चितवनलाई जोगाउन जेपी भेटवालले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनै भेटवालको स्मृतीमा राप्तीको दुई स्थानमा जेपी स्मृती पार्क निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...