यी हुन् एकै परिवारका पाँच अधिकृत, प्रशासन हाँक्ने रहर !
सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् ।
तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घखाँचीका पोख्रेल परिवारलाई मिलेको छ ।
जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् ।साबिकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारीले नै शाखा अधिकृतका रूपमा देशको प्रशासन हाक्ने अवसर प्राप्त गरेका हुन् ।
यसरी, अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् ।
‘आमा जानकी सामान्य गृहिणी, बाबु टुकलाल गाउँको प्रतिष्ठित पण्डित, गाउँघरमा सरकारी सेवामा नाम निकालेर जागिर खाने कोही थिएनन्,’ घर को जेठो सन्तान प्रेम सम्झन्छन् ।
अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेका प्रेम स्थानीय विद्यालयमा माध्यमिक तहको दरबन्दीमा रहेर अध्यापन गराउँथे । झन्डै १० वर्ष अध्यापन पेसामा बिताएपछि यो पेसाबाट बिस्तारै मन फेरिँदै गयो ।
त्यस्तैमा उनले लोकसेवा आयोगबाट लिइने परीक्षाको तयारी गर्न थाले र २०६९ मा लोकसेवा आयोगले लिइने शाखा अधिकृतको परीक्षामा सहभागी भए ।
पहिलोपटकमै सफलता हात लाग्यो । उनीपछिका चार भाइबहिनीले पनि उनकै बाटो समाते र धमाधम शाखा अधिकृतमा नाम निकाले ।
लोकसेवाको जाँचमा एक बहिनीबाहेक कसैले पनि दोस्रोपटक परीक्षा दिनु परेन । नाम निस्किएपछि प्रेमको पहिलो पदस्थापना आन्तरिक राजस्व विभाग भैरहवामा भयो ।
हाल उनी राजस्व अनुसन्धान विभाग ललितपुरमा कार्यरत छन् ।तेस्रो सन्तानका रूपमा रहेका सरोज कुमारले २०७० सालमा सामान्य प्रशासन समूहअन्तर्गत नाम निकाल्न सफल भए ।
उनको पहिलो पदस्थापन पर्यटन का र्यालय वीरगन्जमा भएको थियो । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कार्यरत छन् ।
उनले व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यतिबेला उनी सरकारकै शान्ति समितिमा समेत कार्यरत थिए ।
२०७२ मा घरको चौथो सन्तान अन्जनाले सामान्य प्रशासन समूहअन्तर्गत नाम निकालिन् र गृह मन्त्रालय मातहत त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनको पहिलो पदस्थापना भएको थियो । उनले अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् ।
अञ्जना हाल बेपत्ता छानबिन आयोगमा पुल्चोकमा कार्यरत छिन् ।त्यसपछि परवारको दोस्रो सन्तान सीताले संसद् सेवा र कान्छी रञ्जिताले सरकारी वकिलमा २०७२ सालमा एकै वर्ष नाम निकाल्दा पोख्रेल परिवारका सबै सन्तान शाखा अधिकृत बन्न सफल भए ।
यो शौभाग्य पाउँदा रञ्जिताले मात्र दोस्रोपटक परीक्षा दिनुप¥यो । र पनि उनी नेपालको न्याय सेवामा नाम निकाल्ने हालसम्मकै कम उमेरकी शाखा अधिकृत हुन् । त्यसपश्चात् पहिलो पदस्थापनको रूपमा सीताकोे संसद् सचिवालय सिंहदरबारमा र रञ्जिताको जुम्ला जिल्लामा कार्यक्षेत्र परेको थियो ।
हाल सीता संसद् सचिवालय सिंहदरबार र रञ्जिता जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा कार्यरत छिन् ।
सीताले व्यवस्थापन र राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेकी छन् भने रञ्जिताले कानुनमा स्नातकोत्तर गर्दै छिन् ।
एकै परि वारका पाँच शाखा अधिकृतका रूपमा मुलुकको प्रशासन हाँक्ने जिम्मा पाएको यो भाग्यमानी परिवार सरकारी सेवामा रहेर प्रभावकारी सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउने प्रण गर्छ ।
सरकारी सेवामा लोकसेवा निष्पक्ष र क्षमताको कदर हुने स्थानको भएको उनीहरूको अनुभव छ ।पे्रम भन्छन्, ‘कानुनको परिधिमा रहेर जनताको सेवक बन्न चाहन्छौं ।
’ उनीहरू कर्मचारी शासक नभई असली राष्ट्रसेवक भएको विश्वास गर्छन् । सरकारी सेवामा प्रेवश गरेर कुनै अतिरिक्त फाइदा लिनु र नराम्रा केही गर्नु छैन, छ त केही नयाँ दिने प्रयास ।
यसभित्रका सीमितता र कानुनको परिधिमा रहेर राष्ट्रले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने यी पाँचको वाचा छ ।
लोकसेवामा नयाँ आउन चाहनेलाई आफ्नो योग्यता र क्षमताको कदर हुने स्थानका रूपमा ब्झ्न र यसैमा विश्वास गर्न राष्ट्रसेवकको जिम्मेवारीलाई योगदान दिने अवसरका रूपमा उपयोग गर्न उनीहरू सुझाव दिन्छन् ।