‘माग्ने बूढा’को जन्मदिनमा धुर्मुसले लेखे यस्तो भावुक स्टाटस…



 

हास्यटेलिफिल्म हुँदै सिनेमाको पर्दामा देखिने गरेका माग्ने बूढा उर्फ केदार घिमिरे पछिल्लो समयका चर्चित सेलिब्रेटी हुन् ।

हास्यकलाकारको परिचय बनाएका केदारलाई धेरैले उनको उपनाम ‘माग्ने बूढा’ का रुपमा चिन्छन्।

उन को खास नाम केदार घिमिरे भए पनि धेरैले चिन्ने नाम भने माग्ने बूढा नै बनेको छ ।

हास्यटेलिशृङ्खला ‘मेरी बास्सै’ मा माग्ने बूढाको भूमिका निभाएर दर्शकमाझ लोकप्रिय बनेका केदार घिमिरे अहिले भने यो श‌ृङ्खलामा देखिँदैनन् ।

केदारले ‘मेरी बास्सै’ छोडेको वर्षौं भयो तर अहिले पनि उनी सोही श‌ृङ्खलामा निभाएको चरित्रका कारण चर्चामा छन् ।

माग्ने बूढाले यो श‌ृङ्खलामा काम गरेर चर्चा कमाउनुअघि काठमाडौंका फुटपाथमा सामान बेच्ने काम गर्थे । उनी ती दिन सम्झँदै अहिले पनि सुनाउने गर्छन् – ‘मलाई त प्रहरीले लखेटेरै कलाकार बनाएको हो ।

’‘मेरी बास्सै’ मा केदारले अर्का हास्यकलाकार सी ताराम कट्टेल ‘धुर्मुस’ सँग सहकार्य गरेका थिए ।

‘मेरी बास्सै’ मा लेखन /निर्देशन समेत गरेका केदार र धुर्मुस बीचमा केही समय भने छुट्टाछुट्टै रहेर काम गरे ।बीचमा केही समय धुर्मुस र केदारको जोडीलाई मह जोडीपछिको अर्को आदर्श जोडीका रुपमा हेर्ने गरिन्थ्यो । पछि भने दुवैले छुट्टाछुट्टै करिअर अघि बढाए ।

वि.सं. २०५८ बाट कलाकारिता थालेका केदार घिमिरेलाई कलाकारहरुले आज जन्मदिनको शुभकामना दिएका छन् ।

यसैबीच केदारलाई हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेलले जन्मदिनको शुभकामना दिएका छन् ।

‘बिर्सन सकिन्न साझा सपनाका लागि हामीले गरेको दुःख र साधना, सङ्घर्षका दिनमा गरिएको सहकार्य अनि त्यसैले पूरा गरेको हामी दुवैको बला क्षेत्रमा जम्ने अभिप्राय,’ धुर्मुसले फेसबूकमा लेखेका छन्, ‘जति वर्षहरु बित्दै जान्छन्, मनबाटै अँकुराएको हाम्रो मित्रता उति गहिरो जरो गाडेर अग्लो, मोटो र मजबुत बनेर उभिरहनेछ, मनका मित्र तथा अभिभावक केदार जी (माग्ने बूढा) लाई जन्मदिनको शुभकामना ।’

धुर्मुस र माग्ने बूढाले आफ्नो करिअर शुरु गर्ने बेला मिलेर सङ्घर्ष गरेका थिए ।गत वर्ष पनि धुर्मुसले माग्ने बूढालाई भावुक हुँदै यसरी नै शुभकामना दिएका थिए।यस्तै दीपकराज गिरीले पनि सामाजिक सञ्जाल फेसबूकमार्फत जन्मदिनको शुभकामना दिएका छन्।

उन ले व्यङ्ग्यात्मक पारामा लेखेका छन्, ‘उसलाई आफ्नो बूढीले मात्र होइन, अरुका बूढीले पनि बूढा नै भन्छन् ।’

‘माग्ने बूढा, हाम्रो सामान्य दोस्ती भएको धेरै भयो तर अहिले भगवानको कृपाले यो माग्ने बूढो एकाघरको भाइजस्तो भएको छ, उसको खुशी मेरो खु शी भएको छ, मेरो सफलता उसको सफलता भएको छ, एउटालाई घाउ लाग्दा अर्कोलाई दुख्ने भएको छ ।’,

गिरीले जन्मदिनको शुभकामना दिँदै लेखेका छन् ।माग्ने बूढालाई जितु नेपाल, कुमार कट्टेल लगायत कैयन् कलाकारले जन्मदिनको शुभकामना दिएका छन् ।

पछिल्लो समय टिभी शोमा भन्दा बढी फिल्ममै रमाएका केदार अब भने दीपकराज गिरीको टिमले बनाउन लागेको फिल्ममा देखिनेछन् ।

‘छ माया छपक्कै’ नाम जुराइएको यो फिल्म ०७६ को दशैँमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १