पूर्वराजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गयो



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ ।

अर्का १ जना घाइते छन् ।मोरङको सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा बुधवार कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाईकललाई राती ९ बजे ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उप-महानगरपालिका-८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाईकलको पछाडी सवार

वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने कार र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...