पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीकाे ठक्करबाट १ जनाको मृत्यु, १ घाइते
पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीकाे ठक्करबाट १ जनाको मृत्यु भएकाे छ भने अर्का १ जना घाइते भएका छन् ।
गएराति पूर्वराजा शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन्
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए ।
प्रहरी स्राेतका अनुसार, गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

