प्रहरीकै सेटिङमा पूर्व जर्नेलको घरमा मिनी क्यासिनो



हाम्रो इकोनोमि

 

राजधानीमा प्रहरीकै सेटिङमा ठाउँ–ठाउँमा मिनी क्यासिनो चल्न थालेका छन् ।

नेपाली सेनाका पूर्व जर्नेल होमकुमार लावतीले आफ्नै घरलाई जुवाको अडखा अर्थात ‘मिनी क्यासिनो’ बनाएर चलाएका छन् ।

लावतीले ललितपुरस्थित आफ्नै निवासमा नाम चलेका व्यापारी, राजनीतिक दलका नेता र स्थानीय गुण्डाहरूलाई राखेर अवैध जुवा खेलाउने गरेको प्रहरी स्रोत नै बताउँछ ।

नेपाली सेनामा कार्यरत रहेका बेला पनि लावतीले जुवा खेलाउँदै आएका थिए, जुन बेला पनि उनी विवादमा परेका थिए ।

पूर्व जर्नेल लावतीले ललितपुरको सातदोबाटो र धापासीहाईटमा दिनहुँ जसो जुवा, तास र कौडा खेलाउने गर्छन् ।

लावतीका कारण एक दर्जन व्यक्तिको घरबार बिग्रिएको छ । प्रहरीसँग सेटिङ मिलाएका लावतीले एक हजार प्वाइन्टमा म्यारिज खेलाउँछन् ।

जुवा खेलाएवापत उनले केही निश्चित रकम लिन्छन् ।

जुवामा हार्नेहरूलाई लावतीले कागज गरेर मिटर व्याजमा पैसा ऋणमा पनि लगाउने गरेको एक जुवाडे बताउँछन् ।

विशेष गरेर पूर्व जर्नेल लावतीले शनिबारको दिन भने कौडा खेलाउने ति जुवाडे बताउँछन् ।

पूर्व जर्नेल लावतीले अवैध रुपमा जुवा खेलाउँछन् भन्ने जानकारी ललितपुर प्रहरीलाई पनि छ ।

तर पनि ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्र धानुकले लावतीको दुई वटा जुवा अखडामा छापा मार्न हिम्मत गरेका छैनन् ।

ललितपुर परिसरको नाममा पनि मासिक रुपमा पैसा जाने गरेको स्रोतले बतायो ।

जुवाडेलाई मिटरव्याजमा पैसा दिएर लावतीले धेरैको जग्गा र घर खाइदिएका छन् ।

लिम्बु माइला, लण्डन गेस्ट हाउसका मालिक ललितपुर महालक्ष्मीस्थानका शिव राईको जग्गा पूर्व जर्नेल लावतीले मिटरव्याजकै कारण कब्जा गरिदिएको उनीहरुले बताउने गरेका छन् ।

जगा पास गरेर दिनेहरूमा लिम्बू माईला, गोकुल बस्नेत र सञ्जीव थापा हुन् । लावतीले ललितपुरको खुँखार जुवाडे भनेर नाम कहलिएका सचिन महर्जनसंग सेटिङ मिलाउने गर्छन् ।

महर्जनले जुवा खेलेरै करोडौँको सम्पत्ति जोडेका छन् । समान्य परिवारका सचिन महर्जनसँग अहिले एक अर्बभन्दा धेरै सम्पत्ति छ ।

ललितपुरमा जुवाडेका रुपमा कहलिएका महर्जनले सट्टेबाजीमा पनि काम गर्छन् । लावती र महर्जनबीच ठूलो दोस्ती छ ।

जुवा खेल्न आउने जुवाडेलाई लावती र सचिव महर्जन मिलेर कंगाल बनाउने गरेको आरोप छ ।

लावतीले जुवाको अखडाको सुरक्षाका लागि पाटनका टोले गुण्डाहरूलाई पालेर समेत राखेका छन् ।

लावती र महर्जनले महिनावारी तलब दिएर १० जनाभन्दा बढी टोले गुण्डाहरू पालेर राखेको स्रोतले जनाएको छ । जुवाबाट कमाएको पैसाबाट जुवाडे सचिन महर्जन चार पटक युरोप घुम्न गइसकेका छन् ।

लावतीको जुवाको अखडामा नेपाली कांग्रेसका पूर्व सांसद तथा काभ्रेका नेता तीर्थ लामा, पूर्वसांसद एवम् करातेका खेलाडी मोहनकुमार राई, विष्णु लामालगायतकाहरू खेल्न आउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

लावतीले लब बस्नेतमार्फत् सातदोबाटो प्रहरी बृत्तका प्रमुख डीएसपी गौतम मिश्र र इन्स्पेक्टर अरुण भट्टराईलाई पनि जुवा खेलाउँदा पनि मौन बसिदिएबापत मासिक दररेट नै तोकेर घुस दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...