पानीमा डुबेर २ बालीकाको मृत्यु, एक वेवारीसे शव फेला !



हाम्रो इकोनोमि

 

सर्लाहीको हरीवन नगरपालीका वडा नम्बर ४ मा इृटा उद्योगको खाल्डोमा जमेको पानमिा डुवेर २ बालीकाको मृत्यु भएको छ ।

हरीवन नगरपालीका वडा नम्बर ४ को सासापुर तीनघरेमा रहेको नागेन्द्र चौधरीको गोल्ड ईटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षिय छोरी समार खातुन र ईन्तीहाज सेखकी ९ वर्षिय छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यलय हरीवनले जनाएको छ ।

मगंलवार दिउँसो देखि बेपत्ता भएका बालीकाहरु साँझमा डुवेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ

। इृटा उद्योगमा काम गर्ने मजदुरले खाल्डोको पानीमा तैरीएको देखेपछि प्रहरीलाई खबर गरेको थिए । दुबै सवलाई मंगलबार राती नै पोष्ट माटमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।

खाल्डोको पानीमा डुबेर मृत अवस्थामा फेला परेका बालीकाको विषयमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै लालबन्दी नगरपालीका वडा नम्बर ७ मा १ जना पुरुषको सव फेला परेको छ ।

हरीवन नगरपालीका वडा नम्बर ६ स्थायि ठेगाना भएका र आफन्त कोही नभएका वर्ष अन्दाजी ४० का राम यकवाल राय यादवको सव फेला परेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

आमा बुबाको मृत्यु भएको र बासुदेव राय यादवले लालनपालन गरी उनकै घरमा बसेका अटो चालक राम यकवालको अत्यधिक मद्यिरा सेवनका कारण मृत्यु भएको स्थानियले बताएका छन ।

सवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल मलंगवा पठाईएको र पोष्ट मार्टम पछि राम यकवालका आफ्न्त पर्ने सृजना कुमारी यादवलाई सदगदका लागि सव जिम्मा लगाईएको प्रहरीलुे जनाएको छ ।

रामयकवाललाई स्थानियबासीले बेवारीसे अवस्थामा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...