सबैले चिन्नुस यिनै हुन् देश मा १८ घण्टा सम्म लोडसेडिङ गराउने कर्मचारी



हाम्रो इकोनोमि

 

मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।

लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् । शिवम सिमेन्टेले लोडसेडिङ गराएर प्रयोग गरेको करोडौँ रकम बुझाएको छैन ।

अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सुचीमा मोरको नाम सुचीमा छ ।

उनको स्वामित्व रहेको शिवम सिमेन्टले ३० करोड भन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर आएको हो ।

सर्वसाधरणलाई ५०० रुपेयाँ नबुझाउँदा पनि कारबाही गर्ने सरकारले व्यापारीले अरबौँ रकम नबुझाउँदा पनि कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...