“नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै” ( भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने बताएका छन् ।

विप्लव नेतृत्वमा रहेका केही युवालाई मंगलबार काठमाण्डुमा नेकपा प्रवेश गराउँदै प्रचण्डले युवाहरूले उपर्युक्त निर्णय लिएको बताए ।

‘तपाईंहरूले ठीक समयमा ठीक निर्णय गर्नुभएको छ तपाईंहरूको अनुभव, क्षमता र सक्रियताअनुसार जिम्मेवारी दिने कुरामा हामी कमी गर्ने छैनौं,’ प्रचण्डले भने, ‘ढुक्क हुनुस् कुनै डर लिनुपर्ने अवस्था छैन् ।

तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो हुन्छ ।’

उनले विप्लव पनि ढिलोचाँडो आफ्नो पार्टीमा प्रवेश गर्नुको विकल्प नभएको बताए । ‘केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ अरु कुनै विकल्प छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...