कांग्रेस र राप्रपा परित्याग गर्नेलाई प्रचण्डले हँसिया हतौडा अंकित टोपी लगाइ पार्टीमा गरे स्वागत



हाम्रो इकोनोमि

 

 

नेपाल कम्यनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज स्वागत गरेका छन्।

चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपी लगाइ पार्टीमा स्वागत गरेका हुन्।

यसरी प्रवेश गर्नेहरूमा माडी नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहेका छन्। त्यसैगरी राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भिमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपाल नेकपामा प्रवेश गरेका छन्

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...