सगरमाथाको उचाइ नाप्न पहिलोपटक अवसर पाएको नेपाली टोलीको यसरी गरियो विदाइ (फोटोफिचर)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभएको हो ।

उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ ।

पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आरोहीहरुलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै पथप्रर्दशकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिनुभयो ।

टोलीलाई बिदाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइँ नाप्न सुझाव दिँदै भन्नुभयाे , ‘सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला ।’

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...