हनिमूनमा श्रीमानले गरे यस्तो व्यवहार, श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन



हाम्रो इकोनोमि

 

संयुक्त अरब इमिरेट्स ९यूएई० मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।

खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी छिन् ।

महिलाले अबू धाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स ९पर्सनल स्टेटस० मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ ।महिलाका अनुसार उनका इरानियन श्रीमानले हनिमुनमा एक दिरहाम ९यूएइको मुद्रा० खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो ।

उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् ।

‘उनले हाम्रो विवाहमा एक सुक्का पनि खर्च गरेनन्,’ उनले अदालतलाई भनिन् ।सम्बन्धविच्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन् ।

यता महिलाभन्दा १३ वर्ष कान्छा उनका श्रीमानले भने आफ्नो नीजि कागजात सबै हराएकाले श्रीमतीलाई आफ्नो नाममा बिल भुक्तानी गर्न लगाएको बताए ।

ती महिलाले घरका लागि चाहिने दराज, खाट, सोफालगायतका सबै आवश्यक सर–सामान किनेपनि त्यसको प्रशंसा गर्नुको साटो श्रीमानले आफूलाई उपेक्षा गर्न थालेको बताइन् । उनीहरुको वैवाहिक सम्बन्धमा फाटो ल्याउने यो पनि एउटा कारण हो ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...