देशका विभिन्न स्थानमा २७ नयाँ सहर, १३ स्मार्ट सिटी र ५ हिमाली सहर बनाउने तयारी



हाम्रो इकोनोमि

 

सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रालयले २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि बढाएको छ ।

 

२७ वटा नयाँ सहरमध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल महाजुले बताए । त्यस्तै, हुलाकी लोकर्मागमा अवस्थित १० नयाँ सहर, तराई मधेस अवस्थित ५ नयाँ सहर, १३ वटा स्मार्ट सिटी र पाँचवटा हिमाली सहरको अध्ययन कार्य अगाडि बढाइएको छ ।

 

मध्यपहाडी लोकमार्गमा १२ नयाँ सहर बनाइँदै
सरकारले मध्यपहाडी लोकमार्गमा १२ वटा नयाँ सहर विकास गर्ने भएको छ । पाँचथरको फिदिम, तेह्रथुमको वसन्तुपर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनँहुको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछाम साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरीगंगा र प्युठानको भिंग्रीलाई नयाँ सहरका रूपमा विकास गर्न लागिएको हो । उक्त सहर निर्मााणको कार्य आव २०६५/६६ देखि नै सुरु भएको हो ।

 

१५ वर्षे योजनामा निर्माण हुन लागिएको यी सहरमा १ लाख जनसंख्या अट्नेछन् । तोकिएको सहरहरूमध्ये ६ स्थानमा जग्गा एकीकरणपछि ब्लक प्लान पनि स्वीकृत भइसकेको सहरी विकास आयोजनाका निर्देशक किशोर लाल महाजुले बताए । आयोजनाले निर्माण गर्न लागेको नयाँ सहरमा अधिकतम ३ सय रोपनी क्षेत्रफल हुनेछ भने कम्तीमा पनि ढेड सय रोपनी क्षेत्रमा फैलिएको हुनेछ । त्यस्ता सहरमा बाटोका लागि निश्चित जग्गा, खेल मैदान, आइटी कम्पाउन्डलगायत पूर्वाधारको निर्माण गरिनेछ ।

 

मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेको प्रत्येक सहरका लागि सरकारले करिब १ खर्ब ३० अर्बको अनुमान गरेको छ । प्रत्येक सहरको लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनाले बताएको छ । उक्त रकमध्ये ८ अर्ब रुपैयाँ सरकारले लगानी गर्नेछ भने ५ अर्ब रुपैयाँ अप्रत्यक्ष रूपमा स्थानीयवासीबाट संकलन गरिनेछ । पूर्वाधार निर्माणका लागि हालसम्म ६ करोडदेखि अधिकतम १४ करोड रुपैयाँसम्म खर्च भएको आयोजनाको अनुमान छ ।

 

हुलाकी लोकर्मागमा १० नयाँ सहर
सरकारले गत वर्षदेखि हुलाकी लोकमार्गमा १० वटा नयाँ क्षेत्रलाई नयाँ सहरका रूपमा निर्माण गर्ने योजना बनाएको छ । जसमध्ये झापाको गौरिगन्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाही ब्रम्हपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, बर्दिया राजापुर, कैलालीको भजनी, कञ्चनपुरको बेलैरी परेका छन् । अहिले उक्त क्षेत्रहरूमा अध्ययन भइरहेको छ । चालू आर्थिक वर्षभित्रमा अध्ययन पूरा हुने आयोजनाका इन्जिनियर कृष्णकुमार महर्जनले बताए ।

 

तराई मधेसमा पाँच नयाँ सहर 
सरकारले तराई मधेसमा पाँचवटा क्षेत्रलाई नयाँ सहरका रूपमा विकास गर्ने भएको छ । जसमध्ये सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, रौतहटको कटरिया, दाङ गढवालाई नयाँ सहरका रूपमा विकास गर्न अध्ययन भइरहेको आयोजनाका इन्जिनियर  महर्जनले बताए ।

 

१३ वटा स्मार्ट सिटी 
सरकारले देशका विभिन्न भागका १३ वटा स्थानलाई स्मार्ट सहरका रूपमा विकास गर्ने भएको छ । जसमध्ये तीनवटा (बाराको निजगढ, गोरखाको पालुङटार, रुपन्देहीको लुम्बिनी) को पहिलेदेखि नै अध्ययन भइरहेको छ । त्यस्तै, थप १० वटा सहरहरू धनकुटाको धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलाञ्चोकको काभ्रे, चिवतनको भरतपुर, स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, कैलालीको टीकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने भएको छ ।

 

पाँचवटा हिमाली सहरको अध्ययन गरिने 
सरकारले पाँचवटा सहरलाई हिमाली सहरका रूपमा विकास गर्ने भएको छ । सरकारले छनोट गरेको १६ वटा सहरमध्ये पहिलो चरणमा पाँच (लुक्ला, स्याफ्रुबेँसी, जोमसोम, सिमिकोट र मार्तडी)को प्रारम्भिक अध्ययन कार्य अगाडि बढाइएको  छ । हिमाली सहरका रूपमा विकास गर्न अध्ययन सम्झौता हुने तयारी भएको आयोजना प्रमुख महाजुले बताए । ‘हामी केहीदिनमा नै पराशर्मदातासँग सम्झौता गर्नेछौँ । परामर्शदाताले दिएको प्रतिवेदनअनुसार सहरको विकास गरिनेछ,’ उनले भने । पाँचवटा प्रदेशबाट एक/एकवटा सहर छनोट गरिएको छ । अध्ययनका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

सरकारले हिमाली सहर निर्माणमा स्थानीय मौलिकतालाई प्राथमिकता दिने भएको छ ।  लुक्ला, जोमसोम, सिमिकोट र स्याफ्रुबेँसी पर्यटक स्थल हुन् । यी क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउनका लागि अन्य पूर्वाधार थपिने आयोजनाले बताएको छ । त्यस्तै, मार्तडीमा भएको जडीबुटीको सम्भावनालाई थप उपयोग गर्न सकिनेखालका पूर्वाधारको विकास गरिने नयाँपत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...