सिरहामा ट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

सिरहामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ ।

सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चाेक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको स ९ प ७३७८ नम्बरको ३ जना सवार मोटरसाइकललाई ठक्कर दिँदा तीनै जनाको ज्यान गएको हो ।

उनीहरुको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लहानले जनाएकाे छ ।

ज्यान गुमाउनेमा लहान नगरपालिका ४ बस्ने वर्ष २६ का कृष्णा सहनी, वर्ष २६ का शिव कुमार सहनी र वर्ष २५ का मनोज मण्डल छन् ।

शवलाई पोष्टमार्टम लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...