सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जना भक्तपुरबाट पक्राउ



हाम्रो इकोनोमि

 

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथली डेरा गरी बस्ने झापाका सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँको कपन बस्ने धनलाल श्रेष्ठसहित ४ जना रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

झापाको दमक नगरपालिका–९ दुधे स्थायी घर भएका लिम्बुलाई सोमबार धनलाल श्रेष्ठको समुहले बा.९ च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर अपहरण गरेका थिए ।

अपहरण भएको खबर आउनासाथ जगाती वृत्तबाट खटिएको प्रहरी टोलीले अपहरण कार्यमा संलग्नहरुलाई भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट सन्तोष लिम्बुको उद्धार गरेको थियो ।

घट्नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...