अचानक विद्युत सट भएर प्रधानमन्त्री कार्यालयमा आगलागी



हाम्रो इकोनोमि

 

विद्युत सट भएर प्रधानमन्त्री कार्यालयमा आगलागी भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको हो ।

उहाँको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परि कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।

संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताउनुभयो ।

कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहनु भएको सल्लाहकार मिर्जाले जानकारी दिनुभयो ।

आगलागी भएको थाहा पाउनेबित्तिकै अग्नीनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सबैलाई तत्काल कार्यालय बाहिर निकालेका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...