परम्परा निभाउनकै लागि लिङ्गको टुप्पो काट्दा दुई महिने शिशुको ज्यान गयाे



हाम्रो इकोनोमि

 

महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएपछि अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले आज बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...