अमेरिकामा बालिकामाथि एक हजार जनाले गरे बलात्कार !



हाम्रो इकोनोमि

 

नियमित रुपमा संसारबाट यौन शोषण भएको घटना आउने गरेको छ ।

जसमा केही त यस्ता घटना हुन्छन् कि हामीलाई मानव भन्न पनि लाज लाग्छ । यस्तै एक घटना दुई वर्षअगाडि अमेरिकामा घटेको छ ।

जहाँ पेन्सिलवेनियाको फिलाडेल्फियामा एक बालिकालाई बन्धक बनाएर उसका साथमा १ हजार जनाले सामूहिक बलात्कार गरेको खबरले सनसनी मच्चाएको छ ।

पीडित त्यो समय १४ वर्षकी थिइन् ।

उनले आफ्नो जिन्दगी २ वर्ष नरकमा बिताइन् । जब उनी दरिद्रको जालबाट छुटेर आइन् तब खुल्यो वास्तविक रहस्य ।

उनलाई मुक्त गर्नका लागि परिवार र प्रहरीले सहयोग गरेका थिए । प्रहरीले यो घटना दर्ता गराएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

एक अमेरिकी पत्रिकाकाअनुसार त्यो समय १४ वर्षीया बालिका आफ्ना बाबुआमासँग झगडा गरेर घर छोडेर निस्किएकी थिइन् ।

यसपछि उनी मानव तस्करको पञ्जामा परिन् ।

उनलाई तस्करले एक होटलमा बन्धक बनाएर राखेका थिए । उक्त होटलमा घण्टाको हिसाबले ग्राहक आउँथे र बालिकासँग जर्बजस्ती सम्बन्ध राखेर जान्थे ।

आश्चर्यजनक कुरा त यो थियो कि धन्दामा लागेका व्यक्तिहरु सामाजिक सञ्जालमा विज्ञापन गर्थे र ग्राहकहरु सम्पर्क गरेर होटलमा आउँथे ।

होटलका मालिक पनि यस घटनामा जोडिएका छन् ।

जब बालिका यी तस्करको चंगुलबाट मुक्त भएर प्रहरीलाई यो कहानी सुनाइन तब प्रहरी पनि चकित परेको छ ।

बालिकाले आफ्नो बयानमा २ वर्षमा १ हजारभन्दा बढी व्यक्तिले शारीरिक सम्बन्ध राखेकाे दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...