नेपालमा अब सवारी चलाउँन १० कक्षा पास गर्नुपर्ने !



हाम्रो इकोनोमि

 

सवारीसाधन चलाउँनको लागि अब दश कक्षा पास गरेको हुनपर्ने भएको छ ।

विगतमा २०७१ सालमा सरकारले सवारी चालकको योग्यतामा एसएलसी पास हुनुपर्ने राखेपछि धेरैले प्रश्न उठाए, नेता बन्न चाहिँ कति योग्यता चाहिन्छ ?’

भन्ने प्रश्नसहित चौतर्फी आलोचना भएपछि तत्कालीन सरकार आफ्नो निर्णयबाट पछि हट्नु परेको थियो ।

त्यसैले अहिले सवारी चालक अनुमतिपत्र दिँदा शैक्षिक योग्यता खोजिँदैन।

तर, काठमाडौं महानगरपालिकाले चालकको शैक्षिक योग्यता तोकेर ‘सवारी तथा यातायात विधेयक २०७५ ’ ल्याएको छ ।

आइतबार नगरसभाले पारित गरेको बिधेयकमा सवारी चालक र परिचालक न्यूनतम दश कक्षा पास हुनुपर्ने बताइएको छ ।

विधेयकको परिच्छेद ४ मा सवारी चालक र परिचालकसम्बन्धी व्यवस्था छ । जसमा चालक हुन तोकिएका ५ योग्यता मध्ये ‘ख’ मा भनिएको छ, ‘न्यूनतम् दश कक्षासम्म उत्तिर्ण गरेको ।’

यस्तै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमको सवारी चालक इजाजत प्राप्त गरेको, फौजदारी अभियोगमा सजाय नपाएको, शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको तथा प्रचलित कानुनले अयोग्य नरहेको हुनुपर्ने उल्लेछ ।

सहचालकको हकमा पनि त्यही योग्यता तोकिएको छ ।

यो कत्तिसम्म व्यवहारिक हुन्छ त्यो भने हेर्न बाँकी छ ।

सवारीसाधन चलाउँने व्यक्तिहरुमा शैक्षिक भन्दा पनि मानसिक रुपमा ठिक हुनुपर्ने धारणा धेरैको रहेको छ ।

चालक हुँदा अध्यन आधारभुत भएपनि उमेरको कुरामा विशेष ख्याल गर्नुपर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...