म विद्युत् प्राधिकरणमा रहेसम्म कुनै दादागिरी चल्दैन : कुलमान घिसिङ



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् ।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणका केही व्यक्तिहरु नै बोर्डको बैठक र निर्णयहरुलाई गलत तरिकाले प्रचार गर्दै हिँडेको भन्दै प्राधिकरणमा आफू रहेसम्म अनियमितता र दादागिरी हुन नदिने बताए ।

९ अर्ब रुपैयाँ घाटामा गएको संस्थालाई अहिले नाफा गर्ने अवस्थामा ल्याइपुर्‍याएको र लोडसेडिङको अन्त्य भएपछि त्यस्ता मानिसहरुलाई असह्य भएको उनको आरोप थियो ।

प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले नै अनावश्यक अभिव्यक्ति दिँदै हिडेको आरोप पनि उनले लगाए ।

देशभर २९८ ओटा डेडिकेटेड र ट्रंक लाइन सुविधा जडान गरिएको जानकारी दिँदै उनले सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गमा परेका ५० बाहेक अन्यको हकमा नियमित विलिङ भइरहेको बताए ।

तर, केही व्यापारिक तथा औद्योगिक ग्राहकहरु प्रिमियमसहितको शुल्क तिर्नु नपर्ने भन्दै अदालत गएकाले उनीहरुबाट बक्यौता उठ्न नसकेको उनले स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...