आज देशका अधिकांश स्थानमा वर्षा, मौसमविदले दिए यस्तो चेतावनी
अहिले देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको महाशाखाका मौसमविद् सुजन सुवेदी बताउँछन् । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि रोकिए पनि मंगलबार काठमाडौंसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ ।
मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उनी बताउँछन् ।
पूर्वी तराईमा हावाहुरी पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।
काठमाडौंमा विहानैबाट चट्यांङ सहित बर्षा, सचेत रहन मौसमविदको सुझाव
काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ ।
पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ भने हिमालि भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। रातिः देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ। देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ। मध्य र पूर्वी हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
चैत्र २७ गते (बुधबार) :- दिउँसो देशको प्राय: स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ। राति देशभरि आंशिक बदलि रहनेछ। देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ।

बंगालको खाडीमा उत्पन्न जलवास्पका कारण नेपालको मौसम बदली हुने तथा मेघ गर्जनसहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले बताए । उनले सचेत रहन समेत सुझाव दिएका छन्


