नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको छ।

 

अधिवक्ता बालकृष्ण न्यौपानेले आइतबार परिपत्र कार्यान्वयन नगर्ने आदेश माग गर्दै हालेको मुद्दाको सुनुवाइ गर्दै सोमबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले वैशाख ३ गतेसम्म परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो।

 

सर्वोच्चले वैशाख ३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ। यसअघि चैत १९ गते गृह मन्त्रालयले संविधानअनुसार संघीय नागरिकता कानुन बन्न समय लाग्ने भएकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिन ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

 

नागरिकता संशोधन विधेयक लामो समय संसदमा अड्किएको र सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन आदेश गरेकाले यस्तो परिपत्र जारी गर्नुपरेको गृहको तर्क थियो।

 

गृहका अनुसार उमेर पुगिसकेका बालिग सन्तानले नागरिकता नपाएर शैक्षिक एवं वृत्ति विकास गर्न नपाई झेल्नुपरेको समस्या सम्बोधन गर्न त्यस्तो परिपत्र गरिएको थियो।

 

२०६३ मा अन्तरिम संविधान लागू भएपछि २०४६ चैत मसान्तसम्म नेपालमा बसोबास गरेको १५ वर्ष पुगेको र त्यसपछि पनि निरन्तर यहीँ बसेकालाई राज्यले जन्मसिद्ध नागरिकता दिएको थियो। नागरिकतासम्बन्धी संघीय कानुनको विधयेक अहिले संसदीय समितिमा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...