बसुन्धाराकाे एक घरमा बम भेटियो, ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ ।

ओसिस क्याफेको पछाडि रहेको ‘द वल्र्ड कल्चर आर्ट एसोएिसन’ को कार्यालयमा सोफामुनि राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

घटनास्थलमा यतिबेला नेपाली सेना पनि पुगेको छ।

सेनाको टोलीले बम निस्क्रिय पार्न प्रयास गरिरहेको छ। प्रहरीले घट्नास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

२४ फागुनकाे राति बुसन्धरामै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको पार्किङमा बम विस्फोट गराएको थियो। सो घटनामा मणिराम पौडेल घाइते भएका थिए।

विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको थियो। आसपासका घरमा समेत क्षति पुगेको थियो। विप्लव समूहले १० फागुनमा नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो। दुई जना घाइते भएका थिए।

बसुन्धरामा भेटिएको बम कसले राखेको हो खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...