समाजसेवाको परिभाषा बदल्दै नायिका खड्का, सहयोग नउठाई वस्ती निर्माण !



 

मान्छेहरुले समाजसेवाको नाममा जनतासँग चन्दा उठाउँने गरेका छन् ।

यसको पछिल्लो चर्चित अनुहारको रुपमा धुर्मुस–सुन्तली पनि रहेका छन् ।

उनीहरुले हरेक सामाजिक काममा देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोग लिने गरेका छन् ।

यो भिडमा नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ भीमटार माझी बस्तीमा नमुना बस्ती आफ्नै नीजि लगानीमा निर्माण गर्नुभएको छ ।

नायिका श्वेताले बस्तीको दुई तीनवटा तस्बिर जुन ड्रोन क्यामेराले खिचेका हुन्, फेसबुकमा पोस्ट गर्नुभएको छ ।

तस्वीरमा देखिएको बस्तीमा ५३ वटा चिटिक्क परेका घर ठडिएका छन् । बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका लागि श्वेताले बस्ती बसाउनु भएको हो ।

भीमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउन्डेसनमार्फत ५३ घर निर्माण सुरु गर्नु भएको थियो ।

४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग सात लाख रुपैयाँ पर्न आउँछ ।

फाउन्डेसनले स्थानीयसँग घर निर्माणमा लाग्ने सात लाख आफैले व्यहोर्नुपर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउन्डेसनले गर्ने सहमतिमा काम सुरु गरेको थियो ।

श्वेताले काम अन्तिम चरणमा पुगेको र अझै केही बाँकी रहेको छ । तपाईका जानकारीका लागि भनौं श्वेताले कसैसँग चन्दा नउठाइकन बस्ती निर्माण गर्नुभएको हो ।

उहाँ लेख्नुहुन्छ, ‘सानो घर, हाम्रो रहर’ को सपना साँचेका मेरा प्रिय माझी बस्तीका दाजुभाइ तथा दिदिबहिनीहरुसँग हात्तेमालो गर्दै यहाँसम्म आइपुगियो ।

धेरै कष्ट सहियो, धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कतिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे ।

तर सहयोगीहरुको साथ र माझी बस्तीका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तर्खरमा छौ । अझै केही काम बाँकी छन् । म एक्लैले, अपुरो कामलाई पूरा गर्न सम्भव छैन ।

आउनुस् अझै मौका छ । नमुना माझी बस्तीमा आ–आफ्नो योगदान गरौ ।’ यो सँगै अहिले सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ ।

चर्चित गीतकार, साहित्यकार तथा पूर्वजर्नेल राजेन्द्र थापा समसामयिक विषयमा टिप्पणी गर्न माहिर मानिन्छन् । उहाँका लेख र मुक्त चोटिला हुन्छन् । आफूलाई लागेको कुरा उहाँ तर्कसंगत पुष्टि गर्न सक्षम हुनुहुन्छ । उहाँका व्यंग्य पनि यति सशक्त छन् कि जसका बारेमा लेखिएको हो ऊ मर्माहत हुन पुग्छ । चोटिला टिप्पणी लेख्न माहिर थापाले शनिबार फेसबुकमा एउटा समाचारको विषयमा टिप्पणी लेख्नुभयो जुन टिप्पणी नायिका श्वेता खड्काप्रति थियो ।

तर, त्यसको प्रहार भने सिधै धुर्मुस सुन्तली फाउन्डेसनतर्फ लक्षित छ । उहाँ लेख्नुहुन्छ, ‘लौ सिस्टम बिगारेको किन श्वेता खड्काले ? न चन्दा मागेको था भो । न जस्ता, ढुंगा बोकेको तस्बिर ! न मिडियामा दयालु मनको प्रदर्शन गरी हुँक्क ! न प्रचण्डको छोरीको इलाकामा निर्माण गरेको ! न अखबार न अनलाइन न फेसबुक ।

उता त बस्ती नै बसिसकेको रहेछ । यो हो गरिब पीडित भुइँमान्छेको भलाइ ! हिन्दु ग्रन्थहरु र कुरानमा समेत दान दिएको गोप्य राख्नु धर्म हो, हल्ला गर्नु ढोंग हो भनेको छ । सिक सिक देवदेवी धु सु लगायतका सेलेब्रेटीहरु । सलाम छ श्वेतालाई ।’ सीताराम कट्टेल र कुञ्जना घिमिरेको सुन्तली फाउन्डेसनले पनि यसबीचमा चारवटा नमुना बस्ती बसायो । धुर्मुस सुन्तली फाउन्डेसनले गरेका हरेक गतिविधि समाचार बने, बनाइए ।

फाउन्डेसनले समाजसेवा नै गरेको हो । तर, गीतकार थापाका अनुसार समाजसेवा गर्दा हल्ला गर्नु ढोग हो । धुर्मुस अर्थात् सीताराम कट्टेलमा प्रचारको भोक धेरै भएको उहाँको भनाइ छ । थापा लेख्नुहुन्छ, ‘सहयोग र प्रचार फरक । आफ्नै र आफ्न्तको स्रोतको उपयोग र खाता खोल व्यवसाय फरक हो ।

धु सु को यो व्यवसाय भयो अब ।’ सहयोग मागे पनि श्वेताको यो सामाजिक भयो । करोड रुपैयाँ उठाएर जाने धुर्मुसे जस्ताले बोरा बोकेर राहत बाँड्दैन, भनेसी देखाउन खिचिएको । बाढीमा उद्धारमा सुरक्षा तथा स्वयंसेवकहरु बोट। हेलिकप्टर, माझी, सेफ्टी डोरी आदिबाट सामूहिक उद्धार हुन्छ । तर धुर्मुस एक्लै गर्धन डुबाएर फोटा भाइरल बनाउँछ सिनेमामा झैं ।’

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १