बाबालाई चिट्ठी लेखेर छोराछोरी र आमाले एकै साथ गरे आत्महत्या : यसो भन्छन छिमेकी (भिडियो)



हाम्रो इकोनोमि

 

चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् ।

गत विहिबार ३४ वर्षीया माया आलेमगरसँगै उनको १५ वर्षिया छोरी विनिता मगर र १३ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेका हुन्।

घट्ना हुँदा मायाका श्रीमान भने राजधानी मै थिए।

मृतक मायाको श्रीमान नरबहादुर आलेमगर नेपाली आर्मी, काठमाडौँमा कार्यरत छन्।

घरभित्र एकै स्थानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा छिमेकिले देखेका थिए। छिमेकी भुवन प्रसाद न्यौपाने भन्छन, ‘विहान अबेरसम्म घरबाट कोहि बाहिर नआएपछि भित्र गएर धेरै बोलायौ।

केहि प्रतिक्रिया नआएपछिभित्र गएर हेर्दा ३ जानै पासो लगाएर झुण्डिएको मृत अवस्थामा पायौ।’

उनले थपे, ‘श्रीमान श्रीमतीबीच सामान्य खटपट त हुन्थ्यो तर निकै हसिली र मिलनसार थिइन् माया,  के कारण भनेर हामीले अनुमान लगाउन सकेका छैनौ।’

माया र उनको छोरी र छोराले सल्लाह मै आत्महत्या गरेको हुन् सक्ने न्यौपानेकी श्रीमती बताउछिन्।

उनले भनिन्, ‘मायाको छोराले नन्दबहादुरलाई ‘बाबा किन हेला गर्नु भयो, भेट्न आउनुभएन भएन त्यसैले हामी यस्तो कदम चाल्दै छौ’ भनेर म्यासेज पठाएको थियो भन्ने कुरा हामीले सुनेका छौ।

त्यसैले यो सहमति मै भएको हुनसक्छ। छोरा र छोरीको मनमा पनि बाबु आमाको सम्बन्ध राम्रो छैन भने थियो।’

माया आलेमगर र उनको श्रीमतीको गाउँमा सबैसँग राम्रो रहेको स्थानीयवासिन्दाले बताए।

यो कसैको हत्या गर्ने षड्यन्त्र नभई आत्महत्या नै हुनसक्ने स्थानीयबासिन्दाको भनाई छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...