बिहेपछि यस्तो अवस्थामा भेटिइन् मुकेश अम्बानीकी छोरी ईशा



हाम्रो इकोनोमि

 

 

बलिउडका धेरैजसो सेलिब्रटीका पहिरनको डिजाइन गर्ने फेशन डिजाइनर सब्यासाची मुखर्जीको उद्योगले २० वर्ष पूरा गरेको छ ।

बलिउडका प्रिय डिजाइनर सब्यासाचीले आफ्नो उद्योगले २० वर्ष पूरा गरेको अवसरमा शनिबार राति पार्टी दिएका थिए ।

उक्त पार्टीमा बलिउडका जान्ह्वी कपूर, तारा सुतारिया, मानुषी छिल्लर, अनन्या पाण्डे, फरहान अख्तर, शिबानी दान्डेकर जस्ता कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यसका साथै उक्त पार्टीमा मुकेश अम्बानीकी छोरी ईशा अम्बानी पनि उपस्थित थिइन् ।

केहि समय अगाडि विवाह बन्धनमा बाँधिएकी ईशा निकै सुन्दर पहिरनमा पार्टीमा उपस्थित भएकी थिइन् ।

सब्यसाचीको सिग्नेचर बेल्टले उनको साडीलाई ग्ल्यामर देखाएको थियो । उनी हल्का मेकअपमा थिइन् ।

उनले सुन्दर झुम्का लगाएकी थिइन् ।

हल्का कर्ली कपाललाई खुल्ला छोडेकी थिइन् । सब्यसाची ईशाका प्रिय फेशन डिजाइनर हुन् ।

गत डिसेम्बरमा आनन्द पीरामिलसँग बिहे गरेकी ईशाले बिहेको दिन सन्दीप खोसलाको डिजाइनर लेहेङगा लगाएकी थिइन् ।

भने, रिसेप्सनमा सब्यसाचीका वेलवेट लेहेङ्गा लगाएकी थिइन् ।

बिहेपछि ईशाले सहभागिता जनाएको यो पहिलो कार्यक्रम हो ।

यो समाचार एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...